शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • निर्वाचन नसार्ने प्रधानमन्त्रीको प्रतिबद्धता, १३२ यात्रु बोकेको जहाज चीनमा दुर्घटना [२०७८-१२-७]

निर्वाचन नसार्ने प्रधानमन्त्रीको प्रतिबद्धता, १३२ यात्रु बोकेको जहाज चीनमा दुर्घटना [२०७८-१२-७]

प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

निर्वाचन सार्ने मनशाय छैन : प्रधानमन्त्री

triton college

प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित स्थानीय तहको निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्। 

सोमबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा उनले निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र आयोग निर्वाचन गराउन लागिपरेकाले सरकारले पूरा सहयोग गर्ने बताए।

प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए।

प्रधानमन्त्री देउवाले सुन्दरहरैंचामा ३५ शय्याको नगर अस्पताल पनि उद्घाटन गरेका छन्। सुन्दरहरैंचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा नगर अस्पताल निर्माण गरेको हो। 

corrent noodles
Metro Mart

कार्यक्रममा उनले मोरङको लेटाङ नगरपालिकामा प्रहरी जवानको हत्या भएको घटनाबारे छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। 

होलीका दिन छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको घटना आइतबार सार्वजनिक भएपछि लेटाङमा तनाव सुरु भएको थियो। तनावलाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि नै आक्रमण हुँदा एक जना महिला प्रहरीको ज्यान गएको थियो। मोरङ प्रशासनले घटनास्थल आसपासमा सोमबार बिहान ७ बजेदेखि अर्को निर्णय नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। 

समानीकरण अनुदानको सीमा स्वीकृत

सरकारले आर्थिक वर्ष २०७९/०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा, हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ। 

आइतबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। 

यस्तै सरकारले नेपाल पारवान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको जानकारी मन्त्री कार्कीले दिए। 

प्रवक्ता कार्कीका अनुसार ५औँ बिमस्टेक शिखर सम्मेलनमा बडापत्रलगायत अन्य दस्तावेजमा नेपालको तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय समेत भएको छ। श्रीलंकाको कोलम्बोमा २०७८ चैत १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रको ५ औँ शिखर सम्मेलन हुनेछ। सम्मेलनमा परराष्ट्रमन्त्री तथा परराष्ट्रसचिव स्तरीय प्रतिनिधिमण्डलले भौतिक रुपमा सहभागी जनाउनेछ। 

त्यस्तै आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाममा रहेको भवनसहित भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउनेलगायतका निर्णय गरेको पनि सरकारले गरेको छ।

सातै प्रदेशका अन्तर्क्रिया गर्दै आयोग 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ। 

सोमबार निर्वाचन आयोगले गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको जानकारी दिएका हुन्। 

आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको उनले बताए। 

आयोगले ११०२ नम्बरको टोलफ्री नम्बर चैत्र १५ गतेदेखि सुरु गर्न लागेको छ। उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्नेछन्। 

एमाले घोषणापत्र वैशाख ९ गते

नेकपा (एमाले)ले आगामी बैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। 

सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए। 

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ। स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ। 

प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने जानकारी दिए। उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले निर्णय गर्नेछ। 

बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङ समेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। काँग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए। 

दलहरुसँग परामर्श समेत नगरी निर्वाचन आयोगले सत्तारुढ गठबन्धनसँग भित्री साँठगाँठ गरेर निर्वाचन सम्बन्धी तयारीको काम अघि बढाएको अध्यक्ष ओलीको आरोप थियो। 

अध्यक्ष ओलीले दलहरुसँग परामर्श नगरी निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए। आगामी निर्वाचनमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै सोही अनुसारको तयारी गर्न निर्देशन दिएका थिए। 

खरिद नियमावलीको संशोधन मान्य नहुने महासंघको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली ११औं संशोधन मान्य नहुने चेतावनी दिएका छन्। 

अध्यक्ष सिंहले सरकारले सहमतिभन्दा बाहिर गएर ठूला निर्माण कम्पनीलाई कार्टेंलिङ गर्न सहज बनाउने तर साना निर्माण कम्पनीलाई विभेद गर्ने संशोधन स्वीकार्य नहुने बताएका हुन्। सरकारले निर्माण व्यवसायी महासंघसँग गरेको सहमतिको मर्मभन्दा बाहिर गएर साना निर्माण व्यवसायीलाई विभेद गर्ने नियमावली बनाएको आरोप उनले लगाए।

अध्यक्ष सिंहले खरिद नियमावली छैटौं संशोधनको कारण अहिलेसम्म निर्माण उद्योग अस्तव्यस्त भइरहेको गुनासो गरे। यस्तो नियमावली राज्यलाई असफल बनाउने र विकास निर्माणको कामहरुलाई असफल बनाउने तत्वहरुले भूमिका खेलेको अध्यक्ष सिंहको आरोप छ। 

महासंघ सार्वजनिक खरिद नियमावलीको ११औं संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरे आन्दोलन गर्ने चेतावनीसमेत छ। अत्याधिक  इन्धनको मूल्य बढ्दा निर्माणजन्य सामग्रीको मूल्य चुलिएको भन्दै ‘कन्स्ट्रक्सन होलिडे’ को महासंघले घोषणा गरेको हो।

पल विरुद्ध अर्को पनि मुद्दा दर्ताको तयारी 

जिल्ला प्रहरी कार्यालय तनहुँले कलाकार पल शाहविरुद्ध परेको जर्बजस्ती करणी आरोपको जाहेरीमाथिको अनुसन्धान पूरा गरेको छ।

शाहलाई हिरासतमा राखेको २१ दिनपछि प्रहरीले अनुसन्धान पल शाहलगायतमाथिको अनुसन्धान सकेको हो। अनुसन्धान सकिएपछि तनहुँ प्रहरीले आजै (सोमबार) जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा आफ्नो रायसहितको अनुसन्धान प्रतिवदेन बुझाएको छ। ‘केही समयअघि मात्रै प्रहरीको अनुसन्धान प्रतिवेदन हामीकहाँ आइपुग्यो,’ सरकारी वकिल कार्यलय तनहुँका जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले नेपाल समयसँग भने, ‘हामी अध्ययन अनुसन्धान गरेर मुद्दा दर्ता गर्ने तयारीमा छौं। आज त नभ्याइएला, सम्भवतः भोलि फस्ट आवरमै मुद्दा दर्ता हुनेछ।’

विभिन्न प्रलोभन देखाउँदै जबर्जस्ती करणी गरेको आरोपमा नाबालिगका पिताले पलविरुद्ध जाहेरी दिएपछि गत फागुन १५ गते उनी प्रहरी नियन्त्रणमा पुगेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो। यो बीचमा प्रहरीले पीडित, आरोपित शाह, घरधनी र घटनासँग जोडिएका अन्य व्यक्तिको बयान लगायत अन्य प्रमाण संकलन गरेको थियो। 

उता उही पीडितले पूर्वी नवलपरासीको गैँडाकोटमा पनि पलविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिएकी थिइन्। म्यूजिक भिडियो सुटिङका क्रममा त्यहाँ रहेको गैँडाकोट रिसोर्टमा पलले नाबालिगमाथि मदिरा पिएर त्यहाँ पनि करणी गरेको आरोप उनीमाथि छ। गैँडाकोट प्रहरीले भने गत बिहिबार नै अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आधारमा त्यहाँको जिल्ला सरकारी वकिलको कार्यलयले पललाई १४ वर्ष कैद र ४ लाख क्षतिपुर्तिको मागदाबस्हित जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्धा दर्ता समेत भइसकेको छ। 

घटनास्थल फरक फरक जिल्लामा भएकाले दुवै अदालतमा फरक फरक हिसाबले मुद्दा प्रक्रिया अघि बढेको हो। अब तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि थुनछेक बहस हुनेछ। तनहुँमा थुनछेक बहस सकिएलगत्तै उनली पूर्वी नवलपरासी लगिनेछ। पूर्वी नवलपरासी अदालतले थुनछेक लगत्तै त्यहाँ उपस्थित गराउन तनहुँलाई पत्राचारसमेत गरिसकेको छ।

आयोगको प्रतिवेदन सार्वजनिक 

मुस्लिम आयोगले ३ वर्षको अवधिमा गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ। 

सोमवार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ललितपुरस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले गर्ने काम, कर्तव्य र क्षेत्रका बारेमा मुस्लिम समुदायलाई जानकारी दिइएको र यस समुदायको समग्र विकासका लागि समुदायका विज्ञहरुबाट सल्लाह, सुझाव लिइएको जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई आयोगको तिनै वर्षको वार्षिक प्रतिवेदन पेश गरी मुस्लिम समुदायको हक, हित संरक्षणका लागि नीतिगत तथा कानूनी विषयमा नेपाल सरकारलाई सुझाव पेश गरिएको उनले बताए। 

त्यसैगरी आयोगले मुस्लिम समुदायका बालबालिकालाई शिक्षामा पहुँच वृद्धि गर्नका लागि बारा, पर्सा, रौतहट, कपिलवस्तु, रुपन्देही, सप्तरी लगायत जिल्लाहरुमा शैक्षिक सामग्री वितरण गरेको छ। बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाहरुमा भने लैगिंक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको आयोगले जनाएको छ।  

नेप्से वृद्धि

साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ। 

पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको  हो। आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्दुमा पुगेको छ । 

सोमबार कारोबारमा आएका २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये सोमबार ११ वटा उपसमूहको सूचकमा वृद्धि भएको छ भने बाँकी दुई वटा उपसमूहको सूचकमा गिरावट आएको छ ।

नेप्से परिसूचक वृद्धि भएसँगै इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, ङादी ग्रुप पावर, माउन्टेन हाइड्रो नेपाल र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य बढेको छ। यता नेपाल टेलिकमको शेयरमूल्य सर्वाधिक २.९७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर  नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । अरुण भ्याली हाइड्रोपावर ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। 

चीनमा जहाज दुर्घटना

चीनमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ। चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज दुर्घटनामा परेको हो। पहाडी क्षेत्रमा दुर्घटना भएको र आगो लागेर जंगलमा झरेको बताइएको छ।

अधिकारीहरूले उद्धारका लागि जनशक्ति परिचालन भएको बताएका छन्। यद्यपि क्षतिको विवरण भने आइ नसकेको बताइएको छ। 

यो विगत १२ वर्षयताकै ठूलो जहाज दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ। चीनको आकाश तुलनात्मक रूपमा सुरक्षित मानिन्छ। 

प्रकाशित: Mar 21, 2022| 19:49 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।