शनिबार, मंसिर १३, २०८२

‘छुवाछुत मानव सभ्यताको कलंक’

उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए। उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथि अपराध गरेको बताए। विभेद रहित समाज बनेमात्रै समाजमा शान्ति, समुन्नती र सामाजिक न्यायको प्रत्याभूती हुने सभापती खनालको भनाई छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

बुटवल- जातीय भेदभाव तथा छुवाछुत मानव सभ्यताको कलंक भएकाले व्यवहारमै अन्त्य गर्न अधिकारकर्मीहरुले जोड दिएका छन्। ५७ औं जाती तथा रंगभेद उन्मुलन दिवसका अवसरमा जागरण मिडिया सेन्टर, मानव अधिकार तथा शान्ति समाज रुपन्देही र राज्य टेलिभिजनद्धारा सोमबार बुटवलमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने अधिकारकर्मीहरुले छुवाछुत मानव सभ्यताको कलंक र कानुनको उल्लंघन भएकाले यसको अन्त्य हुनुपर्नेमा उनीहरुको जोड छ।

National life

कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले विभेद रहित समाजमा मात्रै शान्ति कायम हुने भएकाले मानव सभ्यताको कलंकको व्यवहारमै अन्त्य गर्नुपर्ने बताए। उनले विभेदका घटनामा राज्यपक्षले लुकाउन खोजेको बताउँदै छुवाछुत अमानवीय र अपराधिक कार्य भएको बताए। उनले कथित गैरदलित समुदायले आफ्नो व्यक्तिगत अधिकारका नाममा कथित दलित समुदायमाथि अपराध गरेको बताए। विभेद रहित समाज बनेमात्रै समाजमा शान्ति, समुन्नती र सामाजिक न्यायको प्रत्याभूती हुने सभापती खनालको भनाई छ।

कार्यक्रममा अधिवक्ता पदम कार्कीले कानुनी रुपमा नेपाल विभेद रहित देशका रुपमा चिनिएपनि व्यवहारिक रुपमा विभेद अन्त्य नहुनु मानवताकै लागि लज्जित विषय भएको बताए। उनले बुटवललाई २०५८ सालमै छुवाछुतमुक्त नगरका रुपमा घोषणा गरिएपनि विभेद अन्त्य नभएकाले अब मानवताको सुन्दर बुटवल बनाउने संकल्प गर्ने दिन आएको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जातका आधारमा गरिने विभेदलाई संवेदशील मुद्दाका रुपमा लिएको बताउँदै विभेद गर्नेलाई उन्मुक्ति नहुने बताए। उनले आफू रुकुम पश्चिममा हुँदा पनि नवराज विक सहितका ६ जनाको मृत्यूको घटनामा संवेदशिल मुद्धाका रुपमा अघि बढाएको बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले विभेदका मुद्दालाई नेपालका  सञ्चारमाध्यमको प्राथमिकतामा राख्‍ने गरेको बताए। उनले जातीय भेदभाव अन्त्यका लागि सरकार नै जिम्मेवार हुनुपर्ने बताउँदै शिक्षा र स्वास्थ्यलाई निशुल्क बनाउदा धेरै हदसम्म समस्या समाधान हुने बताए।

Laxmi sunrise bank
kumari

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले जातीय विभेद अन्त्यका लागि हिन्दुधर्मको संस्कारमा परिवर्तन र राजनीतिक दलहरुले नेपालको समस्याका रुपमा दस्तावेजमा स्विकार गुर्नपर्ने बताए। उनले नेपाली समाज वर्गिय नभएर जातका आधारमा विभाजित भएकाले दलित समुदाय आर्थिक रुपमा सम्पन्न भएर पनि अछुतका रुपमा रहनुपरेको बताए।

लेखक तथा साहित्यकार ऋषि आजादले जातीय भेदभाव अन्त्यका लागि गैरदलित समुदायले नै पहल गर्नुपर्ने बताए। उनले आफूले केहि दिनअघि जानेर वा नजानेर गरेको छुवाछुतको प्रायश्चित गरेको स्मरण गर्दै विभेद अन्त्यका लागि कम्तीमा आफूबाट सुरुवात गर्न सुझाव दिए।

दलित वर्ग उत्थान जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष दलित अधिकारकर्मी पदम विश्वकर्माले कानुनी रुपमा जातीय भेदभाव र छुवाछुत अन्त्य भएपनि व्यवहार अन्त्य नहुँदा यसले सामाजिक रुपमा ठूलो द्वन्द्व निम्त्याउन सक्ने बताए। 

प्रकाशित: Mar 21, 2022| 20:35 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।