शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा जहाज दुर्घटना : उद्धार जारी, सेना पनि परिचालन [४ तस्बिर]

चीनमा जहाज दुर्घटना : उद्धार जारी, सेना पनि परिचालन [४ तस्बिर]

उद्धारका लागि चिनियाँ सेनाको टोली परिचालन गरिएको पिपल्स लिबरेसन आर्मीको साउदर्न थिएटर कमान्डले भनेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

बेइजिङ- चीनमा १३२ जना यात्रु बोकेको जहाज दुर्घटनामा परेको छ।

National life

सोमबार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुआङ्जी प्रान्तमा दुर्घटनामा परेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशन गरेको छ। 

दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज दुर्घटनामा परेको हो। 

पहाडी क्षेत्रमा दुर्घटना भएको र आगोलागेर जंगलमा झरेको बताइएको छ। उद्धारका लागि चिनियाँ सेनाको टोली परिचालन गरिएको पिपल्स लिबरेसन आर्मीको साउदर्न थिएटर कमान्डले भनेको छ। 

विमान उत्पादक कम्पनी बोइङले दुर्घटनालाई नोट गरेको र हाल सूचना तथा विवरण संकलन भइरहेको जानकारी दिएको छ। 

Laxmi sunrise bank
kumari

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। यस्तै टर्कीको विदेश मन्त्रालयले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छन्। 

प्रकाशित: Mar 21, 2022| 21:04 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।