सोमबार, असार ८, २०८३

भूमिगत पानीको दिगो व्यवस्थापनमा ध्यान दिन जोड

पानीको मुहान र स्रोत संरक्षण गरी दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। स्मार्ट वासका अध्यक्ष रामदीप साहले विश्वभर खानेपानीका रूपमा प्रयोग गरिने आधा पानीको स्रोत भूमिगत पानी नै रहेको बताए। पानीका बारेमा चेतना जगाउन नै सन् १९९३ देखि प्रत्येक अङ्ग्रेजी मार्च महिनाको २२ तारिखका दिन विश्व पानी दिवस मनाउन थालिएको उनले सुनाए।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८
National life
Shivam cement

काठमाडौं- भूमिगत पानीलाई प्रयोगका दृष्टिले मात्र हेरी सही व्यवस्थापनमा ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। विश्व पानी दिवसका अवसरमा स्मार्ट वासले आयोजना गरेको भूमिगत पानीको महत्व विषयक कार्यशाला गोष्ठीमा उनीहरूले यसको सही व्यवस्थापनमा अझै सरोकार भएका सरकारी निकायको ध्यान जान नसकेको बताए। कार्यक्रमको उद्घाटन गर्दै सांसद जीवनराम श्रेष्ठले संविधानको मौलिक हकका रुपमा स्वच्छ खानेपानीको हकको व्यवस्था भए पनि काठमाडौँजस्ता ठूला शहरमा जनघनत्व बढ्दै जाँदा पानीको अभाव भइरहेको बताए। 

पानीको मुहान र स्रोत संरक्षण गरी दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। स्मार्ट वासका अध्यक्ष रामदीप साहले विश्वभर खानेपानीका रूपमा प्रयोग गरिने आधा पानीको स्रोत भूमिगत पानी नै रहेको बताए। पानीका बारेमा चेतना जगाउन नै सन् १९९३ देखि प्रत्येक अङ्ग्रेजी मार्च महिनाको २२ तारिखका दिन विश्व पानी दिवस मनाउन थालिएको उनले सुनाए। 

कार्यक्रममा अन्तर्राष्ट्रिय पानी व्यवस्थापन प्रतिष्ठान लाओसका वरिष्ठ अनुसन्धानकर्ता पाउल पाभेली, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. मोतीलाल रिजाल, पानी प्रशोधन व्यवसायी सङ्घका महासचिव विराज आचार्य, वातावरण, ऊर्जा तथा जल अनुसन्धान केन्द्रका डा सुनिल मल्लले भूमिगत पानीका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भूमिगत पानीलाई प्रयोग मात्र गर्ने र दिगो व्यवस्थापनमा ध्यान नदिने वर्तमान सोचलाई सरोकार भएका निकायले बदल्नुपर्नेमा जोड दिए। 

प्रकाशित: Mar 22, 2022| 00:00 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।