आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी सन्तोषीलाई स्वर्ण

स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी सन्तोषीलाई स्वर्ण

धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन्।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन्। 

National life

सन्तोषीले यो वर्ष र पछिल्लो वर्ष थुप्रै राष्ट्रिय प्रतियोगिता जितिसकेकी छन्। त्यसैले उनी यो वर्षको एनएसजेएफ स्पोट्स अवार्डको पिपल्स च्वाइस् विधाको मनोनयनमा पनि परेकी छन्। उनको भोटिङ सोमबार राति १२ बजेसम्म खुला रहनेछ।

बागमती खेलकुदमा पाँच हजार मिटरमा स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए। उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगितको ८ सय मिटर दौडको पुरुषमा चितवनका अमृत बोट तथा महिलामा दोलखाकी अन्जु खड्का पहिलो भए। ४ गुणा १ सय मिटर रिलेको पुरुषमा चितवन तथा महिलामा भक्तपुरले स्वर्ण जिते।

लङजम्पको पुरुषमा चितवनका सुजितकुमार महतो तथा महिलामा ललितपुरकी लुजला अमात्यले शीर्ष स्थान हात पारे। ज्याभ्लिन थ्रोको पुरुषमा सिन्धुपाल्चोकका मिङमार शेर्पा तथा महिलामा रामेछापकी कृतना खड्का पहिलो भए।

Laxmi sunrise bank
kumari

पुरुष टी– २० क्रिकेटमा मकवानपुरले धादिङलाई ३२ रनले पराजित गर्दै उपाधि जित्यो। तेक्वान्दोको अन्तिम दिन पुरुष ८० केजीमुनि भक्तपुरका किरण सितिकु र महिला ५७ केजीमुनि सिन्धुपाल्चोककी सुस्मिता मोक्तानले स्वर्ण जिते।


प्रकाशित: Mar 21, 2022| 20:10 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।