शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अनुशासित प्रहरी उर्मिला जसलाई कर्ममैदानमै 'हत्या' गरियो

अनुशासित प्रहरी उर्मिला जसलाई कर्ममैदानमै 'हत्या' गरियो

लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले होली पर्वका दिन यौन दुर्व्यवहार गरेको घटना आइतबार बाहिरिएपछि विद्यालय परिसर तनावग्रस्त बन्यो। २६ वर्षीया उर्मिला श्रेष्ठले ज्यान गुमाउनुपर्‍यो।
 |  सोमबार, चैत ७, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, चैत ७, २०७८

विराटनगर- लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले होली पर्वका दिन यौन दुर्व्यवहार गरेको घटना आइतबार बाहिरिएपछि विद्यालय परिसर तनावग्रस्त बन्यो। २६ वर्षीया उर्मिला श्रेष्ठले ज्यान गुमाउनुपर्‍यो। 

triton college

विद्यालयमा तनाव बढ्दै गएपछि सुरक्षा दिनका लागि पुगेको प्रहरी टोलीकी एक सदस्य थिइन् उर्मिला। प्रहरी टोली भित्र पस्न नपाउँदै आक्रोशित भिडले आक्रमण गरेको थियो। भीडले उनीहरूलाई खेदीखेदी प्रहार गर्न थाल्यो। उर्मिलाको घाँटीमा छुरा प्रहार भयो। उनले त्यहीँ अन्तिम सास फेरिन्।

उर्मिलाकी सहकर्मीका मनिता राईका अनुसार गाडीबाट ओर्लेर गेटमा पुग्दै गर्दा आक्रोशित भीडले खेद्न थाल्यो। उनले भनिन्, ‘उर्मिला र म पनि मिसियौं। मसँग हतियार पनि थियो। भीडले हामीलाई लखेट्न थाल्यो।’ आक्रोशित बनेको ८–१० जनाको हुलले ढुंगा, बोतल, लाठीले प्रहार गरेको उनले बताइन्। हुलको आक्रमणबाट उर्मीला गम्भीर घाइते भइन्। अस्पताल पुर्‍याउन नपाउँदै उनको मृत्यु भयो। उर्मिला र मनिता मिल्ने साथी थिए।

उदयपुरको त्रियुगा-१६ की श्रेष्ठ जनताको सेवा गर्ने चाहनाले प्रहरी सेवामा प्रवेश गरेकी थिइन्। परिवारमा दाजुभाउजू पनि प्रहरी नै भएकाले उनलाई प्रहरी सेवामा लाग्न उत्प्रेरणा मिलेको थियो। 

उर्मीलाले हिम्मत हारिनन्। उनी मेहनती भएको मामा केशव श्रेष्ठले बताए। 'भाञ्जीमा केही गरेर देखाउने आँट थियो,’ मामाले सम्झिए। 

खोटाङको बराहपोखरी-४ का कुमार र सीतामाया श्रेष्ठका तीन सन्तानमध्ये एक्ली छोरी प्रहरीमा लाग्ने भएपछि घरपरिवारबाट पनि सहयोग मिल्यो। दाजु सहायक प्रहरी निरीक्षक भुवन श्रेष्ठले पनि उनलाई परीक्षाको तयारीमा सहयोग गरे। पहिलो पटकको परीक्षामा उनी सफल हुन सकिनन्। 

corrent noodles
Metro Mart

उर्मीलाले हिम्मत हारिनन्। उनी मेहनती भएको मामा केशव श्रेष्ठले बताए। 'भाञ्जीमा केही गरेर देखाउने आँट थियो,’ मामाले सम्झिए। दोश्रो पटक उर्मीला प्रहरी सेवाको परीक्षामा सहभागी भइन्। उनी सफल पनि भइन्। ०७६ साउनमा प्रहरी जवानबाट सेवा सुरु गरेकी उनको तालिम पूरा गरी ०७६ को अन्तिममा प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरमा पोस्टिङ भइन्। 

प्रहरी सेवा शुरु गरेको झन्डै एकवर्ष पछि गत वर्ष वैशाखमा उनले विवाह गरिन्। उनका श्रीमान पनि प्रहरी सेवामा नै छन्। उनका पति कुमार श्रेष्ठ इलाममा कार्यरत छन्। 

झन्डै दुई वर्षदेखि प्रदेश सशस्त्र प्रहरी गण रानी विराटनगरमा कार्यरत श्रेष्ठ एकदमै अनुशासित प्रहरी रहेको गणका प्रमुख एसपी दीपक पोखरेलले बताए। 'उर्मिलालाई कहिल्यै दोहोर्‍याएर भन्नु परेन,’ उनले भने। एक पटक भनेपछि कुरा बुझिहाल्ने उनको बानी रहेको एसपी पोखरेलको भनाइ छ। गणमा काम गरेदेखि उनको बारेमा कुनै पनि प्रहरीले गुनासो गरेको सुन्नु नपरेको उनको भनाइ छ। 

दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङमा भएको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सोमबार प्रधानमन्त्री देउवाले महिला प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए। हत्या अपराधमा संलग्नले उन्मुक्ति नपाउने चेतावनी दिँदै प्रधानमन्त्री देउवाले शान्ति सुरक्षा बहालीको लागि सुरक्षाकर्मी अझै सचेत भएर लाग्नुपर्ने बताए। 

घटनामा घुसपैठ भएको एमालेको आशंका

आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि प्रहरीमाथि नै सांघातिक आक्रमण हुनुमा अवाञ्छित तत्त्वको घुसपैठ भएको हुन सक्ने एमालेले आशंका गरेको छ। सोमबार लेटाङ नगरकमिटीका अध्यक्ष कृष्णप्रसाद लुईटेलले विज्ञप्ति निकाल्दै मर्यादित ढङ्गले खटिएको प्रहरीमाथि आततायी घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। 

प्रकाशित: Mar 21, 2022| 20:28 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।