बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पाकिस्तानमा पोलियोका बिरामीको वृद्धि

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पोप फ्रान्सिसले भने - उमेर र अशक्तताका कारण सेवाबाट अवकाश लिनेबारे सोचें

क्यानाडाको छ दिने यात्रापछि संवाददाताहरूसँगको कुराकानीमा उनले अन्तरराष्ट्रिय यात्राको आफ्नो गति कायम राख्न नसक्ने देखिएकाले अवकाशको बारेमा सोच्नुपर्ने हुन सक्छ भनेका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

काठमाडौंका चार अस्पतालमा एसिडपीडितलाई निःशुल्क उपचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेकालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति

सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध महादेव मन्दिर परिसरमा भक्तजनको ओइरो लागेको थियो। त्यहीँ मन्दिर परिसरभित्र छरिएर १७ जना कलाकार भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यस्त देखिन्थे। बिहान ८ बजे मन्दिर...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

राना थारूको तीजमा कञ्‍चनपुरका दुई पालिकामा बिदा

राना थारू समुदायको तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ। राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ (आइतबार) गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

निर्माण हुँदै नमूना पशु अस्पताल

नमूना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

बञ्‍चरेडाँडा जाने बाटो नबन्दा काठमाडौंमै थुप्रियो फोहोर

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौँको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलङ्की, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहर थुप्रिन थालेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

दलीय प्रणालीलाई बलियो बनाउनुपर्छ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

एमालेका वरिष्ठ उपाध्यक्षले भने - कर्मचारीले कार्यकर्ताको जिम्मेवारी नभुल्नु, दुबै भूमिकालाई सँगसँगै अघि बढाउनु

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलिमय पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहो¥याएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिक साधारणसभामा उनले भने, 'निगमले निजी...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

समाजवादमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूत हुन्छ : नेता खनाल

उनले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताए।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

शेखर कोइरालालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना

मधेश प्रदेश घुमेर फर्किएका कोइरालालाई शनिबार कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो। आइतबार साँझ ज्वरो आएपछि जचाउनका लागि शनिबार बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

प्रचण्डलाई संघ र प्रदेश चुनावमा जसको भर, उसैलाई धम्की

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म दायाँबायाँ हुन नहुने विषय कांग्रेस क्रियाकलापमा भर पर्ने बताएका उनले आफ्नो पार्टी दोस्रो बनाउन पनि कांग्रेसकै भर पर्नुपर्ने बाध्यता भएको पनि दर्शाए। भने, 'प्रस्टसँग भन्न...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्मत

नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्म चयन भएका छन्। लोकतन्त्रवादी मगरहरुको साझा संगठन रहेको नेपाल राष्ट्रिय मगर संघ नेपाली कांग्रेस भातृ संस्था हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

महोत्तरीमा एक व्यापारीलाई छुरा प्रहार गरी ५ लाख लुटपाट

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

कहाँ हराउँछन् वर्षैपिच्छे ८ लाख विद्यार्थी?

आर्थिक सर्वेक्षणअनुसार ५० प्रतिशत बढी संख्याका बालबालिका सही उमेरमा पूर्वप्राथमिक शिक्षा लिएका छैनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको एक अध्ययनले विद्यालय भर्ना उमेर समूहका ७६.२ प्रतिशत बालबालिका मात्र विद्यालयमा...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

संसदीय छानबिन समितिको रिपोर्ट अस्वीकार्य, इन्टरनेशनल छानबिन गरौं : ओली

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश सम्बन्धमा संसदीय समितिले गरेको छानबिन प्रतिवेदन अस्वीकार्य भएको बताएका छन्। उनले उक्त छानबिन प्रतिवेदन तथ्यमा आधारित नभएको...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९

२४ घण्टामा थपिए ४३८ कोरोना संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४३८ कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको हो भने दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९