शनिबार, असार ६, २०८३

राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्मत

नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्म चयन भएका छन्। लोकतन्त्रवादी मगरहरुको साझा संगठन रहेको नेपाल राष्ट्रिय मगर संघ नेपाली कांग्रेस भातृ संस्था हो।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्म चयन भएका छन्। लोकतन्त्रवादी मगरहरुको साझा संगठन रहेको नेपाल राष्ट्रिय मगर संघ नेपाली कांग्रेस भातृ संस्था हो। 

National life

संघको  शनिबार  नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सभापतिमा दिनेश थापामगरलाई सर्वसम्मत चयन गरेको हो। नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन्।

थापामगर नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुँदै सभापति चयन भएका हुन्। उनले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्‍न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए। उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 


प्रकाशित: Jul 30, 2022| 18:56 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...