आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका वरिष्ठ उपाध्यक्षले भने - कर्मचारीले कार्यकर्ताको जिम्मेवारी नभुल्नु, दुबै भूमिकालाई सँगसँगै अघि बढाउनु

एमालेका वरिष्ठ उपाध्यक्षले भने - कर्मचारीले कार्यकर्ताको जिम्मेवारी नभुल्नु, दुबै भूमिकालाई सँगसँगै अघि बढाउनु

नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सङ्गठनमा आवद्ध व्यक्तिले आफ्ना दोहोरो भूमिकालाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्। सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालले आयोजना गरेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह’मा आज उहाँले सार्वजनिक संस्थामा आवद्ध व्यक्तिले कर्मचारीका साथै पार्टीको एक कार्यकर्ताको समेत जिम्मेवारीलाई नभुल्न आग्रह गरे। 

उनले भने, 'तपाईँहरू एमाले पार्टीको कार्यकर्तासमेत रहँदा कर्मचारीको जिम्मेवारीलाई पनि नबिर्सिनुहोस्। एक व्यक्तिले दोहोरो भूमिका निर्वाह गर्दा धेरै कुराको ज्ञान आर्जन गर्न सक्छ।' सो दोहोरो भूमिकामा रहेर कर्मचारीले हाल सार्वजनिक संस्थामा देखिएको भनिने सङ्कट हटाउन जरुरी रहेको उहाँले जिकिर गरे।

कर्मचारीले पार्टीका साथै आफ्ना काममा समेत मध्यनजर गर्दा सङ्गठन मर्नबाट जोगिने वरिष्ठ उपाध्यक्षको ठहर छ। विसं २०७२ को महाभूकम्पमा ध्वस्त भएका २७ हजार मानिसका घर–टहरा बनाउने पार्टी एमाले रहेको दाबी गर्दै यस पार्टी विचारका आधारमा अघि बढ्ने भएकाले अझै शक्ति निर्माण गर्न चाहने धारणा व्यक्त गरे। 

सङ्गठनका सचिव रामशरण अधिकारीले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आफूहरूले सो संस्था गठन गरेको भनाइ राखे। संगठनका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार कुलबहादुर आचार्य, निजामति कर्मचारी सङ्गठनका उपाध्यक्ष प्रभाष शाह, पेशागत जिल्ला कमिटीका अध्यक्ष उमेश ढकाल, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली र एमालेका केन्द्रीय सदस्य एवं पेशागत महासङ्घका राष्ट्रिय संयोजक बाबुराम थापाले सङ्गठनमा रहेका व्यक्तिले पार्टीका साथै आ–आफ्ना कामको जिम्मेवारी बुझ्दै अघि बढ्ने विश्वास लिएको भनाइ राखे।

महासंघका राष्ट्रिय सहसंयोजक दायाराम बस्यालले पेशागत हकहित तथा सुद्धीकरण गर्न संगठन स्थापना भएको जानकारी गराए। उक्त कार्यक्रममा मुलुकमा सार्वजनिकरूपमा स्थापना भएका ३१ घटक युनियनका पदाधिकारीको उपस्थिति थियो। 

प्रकाशित: Jul 30, 2022| 21:05 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...