शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

भीषण वर्षा र बाढीले उत्तरी चीनको लिओनिङमा ८० हजार जनता प्रभावित

चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

बेइजिङ- चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

National life

लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १,६०० हेक्टर बाली प्रभावित भएको छ जसमा १२.७ मिलियन युआन (लगभग १९ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति भएको छ।

प्रदेशका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव  बढेकाले बाढीको चेतावनीको स्तर नाघेको बताइएको  छ । उनीहरू अहिले बाढीको पानी निकासी गर्न प्रयत्नशील छन् ।

बिहीबारदेखि शनिबारसम्मको मुसलधारे वर्षाको बीच अधिकारीहरूले प्रान्तका करिब ७०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेका छन्।

प्रकाशित: Jul 30, 2022| 23:50 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।