मंगलबार, चैत ३, २०८२

एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिएका छन्।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

National life

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधबार प्रकाशित गरेको थियो। करिब ४ लाख ९६ हजार परीक्षामा सहभागीमध्ये १०३ जनाको परीक्षा रद्द भएको थियो। 

अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो। यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

यस वर्ष कति विद्यार्थीले कति जीपीए प्राप्त गरे?

Laxmi sunrise bank
kumari

३.६० देखि ४ जीपीए ल्याउने ९ हजार ६३३

३.२० देखि ३.६० सम्म ल्याउने ४१ हजार ६ सय २७

२.८० देखि ३.२० सम्म ल्याउने ६९ हजार ९ सय

२.४० देखि २. ८० सम्म ल्याउने ९० हजार ७ सय ८५

२.२० देखि २. ४० सम्म ल्याउने १ लाख १२ हजार ७ सय ३३

१.६० देखि २ सम्म ल्याउने १ लाख ५ सय ५४

१.२० देखि १.६० सम्म ल्याउने ४४ हजार ५ सय ६६

०.८० देखि १.२० सम्म ल्याउने ३ हजार २ सय ८०

परीक्षा फारम भरेकामध्ये २२ हजार ५ सय ३६ जनाको ग्रेड प्रकाशित भएको छैन।

प्रकाशित: Jul 30, 2022| 18:45 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्