आइतबार, साउन २४, २०८३

शेखर कोइरालालाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना

मधेश प्रदेश घुमेर फर्किएका कोइरालालाई शनिबार कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो। आइतबार साँझ ज्वरो आएपछि जचाउनका लागि शनिबार बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड-१९ संक्रमण देखिएको छ। मधेश प्रदेश घुमेर फर्किएका कोइरालालाई शनिबार कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो। आइतबार साँझ ज्वरो आएपछि जचाउनका लागि शनिबार बिहान धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका थिए। 

बिहान ५ बजे अस्पताल पुगेर जचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन्।

उनलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ। थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ। कोइराला मधेश प्रदेशका बारा र पर्सा विभिन्न गाउँमा कांग्रेस कार्यकर्ता र स्थानीयबासीसँग अन्तरक्रियापछि राजधानी फर्किएका थिए। 

कोइराला शनिबार विराटनगरको कार्यक्रममा सहभागी जाने तयारीमा थिए। तर, स्वास्थ्यमा समस्या देखिएपछि जँचाउँदा कोभिड देखिएको हो। 

प्रकाशित: Jul 30, 2022| 19:55 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...