शनिबार, असार ६, २०८३

दलीय प्रणालीलाई बलियो बनाउनुपर्छ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिए।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलीय प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन्। उनले भूपरिवेष्टित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्नेमा जोड दिए।

National life

नेपाल प्रेस युनियन कैलाली शाखाले नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताए। उनले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्र प्रवृत्ति घातक सावित हुनसक्ने खतरा औँल्याए।

प्रवक्ता महतले काठमाडौं महानगरको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशैभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताए। स्वतन्त्र व्यक्ति महानगरको नगरप्रमुख हुँदा प्रभावकारी काम गर्न नसकेको उदाहरण काठमाडौँमै देखिएको भन्दै उहाँले कतिपय जिल्लामा स्वतन्त्र नेतृत्वले कुरा गरेअनुरुप काम गर्न नसकिरहेको जिकिर गरे।

काठमाडौं महानगरका नगरप्रमुख बालेन्द्र शाहलाई पनि चुनावका बेला प्रतिबद्धता जनाएबमोजिम काठमाडौँको फोहर व्यवस्थापन गर्न निकै हम्मे परिरहेको उनको भनाइ थियो। नेता महतले कांग्रेस नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने भन्दै कांग्रेसभित्रका केही कमजोरीलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए। 'हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन। तर कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन। कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ,' डा. महतले भने।

उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकाले आगामी निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान पनि गरे। 

Shivam cement

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ सङ्गठनलाई चलायमान बनाउनुपर्ने बताए। निर्वाचन नजिक आइसकेकाले अब सबै पार्टीपङ्क्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने खाँचो औँल्याए। चौधरीले नवौँ महाविधेशनबाट निर्वाचित प्रेस युनियनको नयाँ नेतृत्वले देशभर लोकतन्त्रका पक्षमा जागरण ल्याउन भूमिका खेल्नुपर्ने बताए।

अर्का केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताउँदै यसका लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने विश्वास व्यक्त गरे। कार्यक्रममा केन्द्रीय सदस्य नृपबहादुर वडले मुलुकका लागि कुनै योगदान नगरेकाहरू अहिले स्वतन्त्रका नामबाट सलबलाउन थालेको उल्लेख गरे। 

प्रकाशित: Jul 30, 2022| 21:25 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...