बुधबार, फागुन २०, २०८२

पाकिस्तानमा पोलियोका बिरामीको वृद्धि

पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

इस्लामावाद- पाकिस्तानमा पोलियोभाइरसका बिरामी बढेको प्रधानमन्त्री कार्यालयले शनिबार जनाएको छ। 

शरिफले यस वर्ष आफ्नो देशमा पोलियोभाइरसका पुष्टि गरिएका घटनाहरूको संख्यामा वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै पोलिया सङ्क्रमण निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको कुरामा जोड दिएका कार्यालयले शुक्रबार जारी उक विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्रीले यस वर्ष अहिलेसम्म पुष्टि भएका पोलियो भाइरसका सबै सङ्क्रमणहरू देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको दक्षिणी भागमा भेटिएको उल्लेख गरिएको छ। 

पोलियो उन्मूलन कार्यक्रमको गुणस्तर बढाउन र सुधार गर्न सरकारले खैबर पख्तुनख्वा दक्षिणी क्षेत्रमा विशेष आकस्मिक प्रतिरोध योजना सक्रियतापूर्वक कार्यान्वयन गर्दै आएको बताएका छन्। कार्यक्रमका विशेषगरी अग्रपङ्तीमा खटिने सुरक्षाकर्मी, कर्मचारी तथा सवयंसेवक लगायत जोखिम देखिएका सबै नागरिकलाई समेट्ने सरकारको उच्च प्राथमिकतामा परेको प्रधानमन्त्री सरिफले बताए। 

यसैबीच, फोलियो सङ्क्रमणका घटनाहरू बढेपछि प्रधानमन्त्री सरिफले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष बिल गेट्ससँग टेलिफोन वार्ता गरेका छन्। फोनवार्तामा उनीहरूबीच सार्वजनिक स्वास्थ्यसम्बन्धी विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। 

kumari

छलफलका क्रममा बिल गेट्सले यस पोलियो वृद्धि हुनथालेको भन्दै यसमा आफ्नो सहयोग रहने बताएका थिए। पोलियोभाइरसको कारण कुनै पनि बच्चा पक्षघातको खतरामा नहोस् भन्ने सुनिश्चित गर्न पाकिस्तानलाई फाउन्डेसनको निरन्तर सहयोग रहने पनि उनले बताएका प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 31, 2022| 05:30 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।