तटबन्ध भत्काएर नदी गाउँ पसेपछि कैलालीको एक बस्ती उच्च जोखिममा परेको छ। मोहना पारीको गाउँ भनेर चिनिने कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर सोही नदीको कटानले उच्च जोखिममा परेको...
इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो।
उदयपुरको बेलका नगरपालिका– ८ स्थित जिरो प्वाइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन्। नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन्।
कम्पनीले प्रति सेयर एक सय अङ्कित नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
सप्तकोसी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे।
करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अबरूद्ध भएको छ। २४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।
डिपेन्डेन्ट भिसामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर प्रलोभन देखाएर कागजी विवाह गराइदिएको, पछि बिमा गराई सुन्दरको हत्या गरेर बिमाबापतको रकम कुम्ल्याउने षड्यन्त्र थियो, त्यो।