बुधबार, कात्तिक १९, २०८२

बस्तीमा कोसी पसेपछि गाउँ छाड्न थाले बेलकाबासी

उदयपुरको बेलका नगरपालिका– ८ स्थित जिरो प्वाइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन्। नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन्।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– उदयपुरको बेलका नगरपालिका– ८ स्थित जिरो प्वाइन्टबाट सप्तकोसी नदीको बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन्। नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन्। कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो।

Kumaribank

त्यहाँका स्थानीयवासी अहिले गाउँ छोड्न थालेका छन्। आफ्ना सामान बोकेर सुरक्षित ठाउँतर्फ जान लागेका तस्बिरहरु सामाजिक सञ्जालमा आइरहेका छन्। २०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि अहिले कोशी पसेको ठाउँमा क्षेत्रमा बस्ती बसेको थियो। ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समातेको हो।

यसैबीच, बाढी प्रभावितलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। सप्तकोशीको पानीको बहाबले करिब ५० मिटरजति जमिन कटान गरिसकेकाले नजिकै रहेका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम गृहमन्त्री खाणको निर्देशनमा सुरु भइसकेको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिएका छन्।

गृहमन्त्री खाणले बेलकामा सप्तकोशी कटानबारे परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि छलफल गरेका छन्। कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको बताइएको छ। परराष्ट्रमन्त्री खड्काको गृहजिल्ला उदयपुर हो। 

प्रकाशित: Aug 03, 2022| 10:27 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।