शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • तिलोत्तमा उपप्रमुखकी बुहारी न्याय माग्दै प्रहरीमा, श्रीमान‍्ले जबरजस्ती करणी गरेको आरोप

तिलोत्तमा उपप्रमुखकी बुहारी न्याय माग्दै प्रहरीमा, श्रीमान‍्ले जबरजस्ती करणी गरेको आरोप

रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमा-१७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। 

National life

चौधरीले मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरीविरूद्ध जबरजस्ती करणी गरेको उजुरी दिएकी हुन्। मोहन तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीका छोरा हुन्। 

न्यायिक समितिका संयोजकसमेत रहेका उपप्रमुख जागेश्वरीकै बुहारी न्याय खोज्दै प्रहरीमा पुगेकी हुन्।  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले जाहेरी दर्ता भएको बताउँदै अनुसन्धान गर्ने बताए। 

जाहेरीमा उपप्रमुख चौधरीका छोरा मोहनले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै बुहारी वर्षाकुमारीले दर्ता गरेको जाहेरीमा उल्लेख छ। 

उपप्रमुख चौधरी तिलोत्तमा नगरपालिकाको न्यायिक समिति संयोजक पनि हुन्। गत साउन १४ गते राति मदिरा पिएर आएका उनका पति मोहनले कुटपिट गरेको उनले दाबी गरेकी छन्। 

Laxmi sunrise bank
kumari

वर्षाले केहिदिन अघि श्रीमान् मोहनले दैनिक रूपमा लागूपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिएकी थिइन्।

श्रीमानले कुटपिट गरेर वर्षाको शरीरमा घाउ चोटसमेत लागेको छ। मोहनले दैनिक लागूपदार्थ सेवन गर्ने, गाँजा भर्नलगाउने, शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासू ससुराले समेतले बेवास्ता गरेको वर्षाले प्रहरीसमक्ष बताएकी छन्।

गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको प्रहरी समक्ष बताएकी छन्।

प्रकाशित: Aug 03, 2022| 07:43 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।