आइतबार, जेठ ३, २०८३

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अबरूद्ध भएको छ। २४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अबरूद्ध भएको छ। २४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।

National life

भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरो खसेसँगै बाटो पुनः दुबैतर्फ अवरोध भएको बताइएको छ।

सोमबार राति ११ बजे देखि बन्द सडक मंगलबार राति १० बजेतिर सञ्चालनमा आएको थियो। तर पुनः सोही ठाउँमा पहिरो गएपछि सडक पुरै बन्द भएको चितवन प्रहरीले जनाएको छ।

आज विहान २:३० बजेको समयमा लेदोसहितको पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: Aug 03, 2022| 07:21 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।