बुधबार, जेठ २७, २०८३

अभियान लघुवित्तको आईपीओ आजदेखि खुला

कम्पनीले प्रति सेयर एक सय अङ्कित नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले प्रति सेयर एक सय अङ्कित नौ करोड ७५ लाख मूल्य बराबरका नौ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। 

National life

कम्पनीको सार्वजनिक आह्वान पत्रअनुसार  निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा माग बमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ।

निष्कासन गरिएको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदकले अनुमतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई इक्रा नेपालले  (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ।


प्रकाशित: Aug 03, 2022| 10:17 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्