आइतबार, कात्तिक ९, २०८२

मोहनापारिको गाउँ नदी कटानको उच्च जोखिममा, १६ घर विस्थापित

तटबन्ध भत्काएर नदी गाउँ पसेपछि कैलालीको एक बस्ती उच्च जोखिममा परेको छ। मोहना पारीको गाउँ भनेर चिनिने कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर सोही नदीको कटानले उच्च जोखिममा परेको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

धनगढी– तटबन्ध भत्काएर नदी गाउँ पसेपछि कैलालीको एक बस्ती उच्च जोखिममा परेको छ। मोहना पारीको गाउँ भनेर चिनिने कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर सोही नदीको कटानले उच्च जोखिममा परेको हो। 

Kumaribank

गाउँको पश्चिमउत्तर भएर बग्ने मोहना नदी तटबन्ध भत्काएर गाउँ पसेपछि १६ घर विस्थापित भएका छन्। असार २५ र साउन ११ गते आएको बाढीले तटबन्ध भत्काएर गाउँ पसेपछि सुरक्षित स्थानमा सरेको स्थानीय सुदेशी चौधरीले बताए।

चौधरीले भने, ‘नदीले जुनसुकै बेला पनि घर बगाएर लग्न सक्छ। ज्यान बचाउन हामी १६ घरधुरी सुरक्षित स्थानमा सरेका छौं।’ नयाँ सरेको ठाउँ कटानबाट बचे पनि डुबान भने हुने गरेको उनले बताए। अर्का स्थानीय मानबहादुर चौधरीले लामो समयपछि निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिल्लर समेत कटानको उच्च जोखिममा रहेको बताए। ‘अहिले जसरी नदी पश्चिमबाट पूर्वतर्फ बगेर कटान गरिरहेको छ। यसरी नै कटान गरे पिल्लर भत्किन्छ। पिल्लर भत्किए बन्न लामो समय लाग्छ। सामान्य उपचार गर्न पनि फेरि भारतकै भर पर्नुपर्ने हुन्छ,’ उनले भने।

‘गाउँमा ५ कक्षासम्म पढाइ हुन्छ, एउटा मेडिकल समेत छैन,’ स्थानीय सविता चौधरीले भनिन्, ‘सामान्य बिरामी हुँदा पनि हामी नजिकैको भारतीय बजार चन्दन चौकी पुग्छौं। त्यहाँ पनि मेडिकल मात्र छ। सिकिस्त बिरामी परे या त भारतीय बजार पलिया जानुपर्छ या त जोखिम मोलेर डुंगा चढेर धनगढी पुग्नुपर्ने हुन्छ।’

शिवरत्नपुरमा ९६ घर छन्। तीमध्ये १६ घर खल्ला कटान र बाँकी उचवा टोलमा रहेको वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरीले बताए। अध्यक्ष चौधरीले भने, ‘खल्ला कटानमा बसोबास गर्नेको घर नै कटानमा परेको र उच कटानमा बसोबास गर्नेको खेत कटान गरेको छ।’ उनले कटानबाट विस्थापितलाई टेन्ट, अस्थायी शौचालय निर्माण गर्नुको साथै ४० घर परिवारलाई प्रदेश सरकारको सहयोगमा राहत वितरण गरेको बताए।

Metro Mart

विस्थापित र नदी कटानको उच्च जोखिममा पुगेको बस्तीको निरीक्षणमा पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले विस्थापितलाई तत्काल टेन्ट, अस्थायी शौचालयको व्यवस्था तथा राहतको व्यवस्था मिलाएको बताए । ‘नदीले गाउँ नै सखाप पार्ने देखिन्छ, अवस्था नाजुक छ। गाउँ बचाउन ठूलो धनराशिको आवश्यकता पर्छ, म वस्ती बचाउन पहल गर्छु,’ उनले भने। उनले सो क्षेत्रका प्रदेशसभा सदस्य बिरभान चौधरी, गाउँपालिका उपाध्यक्ष भगवती चौधरी, वडा अध्यक्षलाई सो क्षेत्र बचाउन अहिलेलाई के कस्तो गर्न सकिन्छ प्रस्ताव लिएर आउन अनुरोध गरेको बताए।


प्रकाशित: Aug 03, 2022| 10:42 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।