शनिबार, मंसिर ६, २०८२

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति कहिले?

पुबुदुको बहिर्गमनसँगै नेपाली क्रिकेट सम्हाल्न सक्ने विदेशी प्रशिक्षकको खोजीमा क्यान रहेको छ।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ। नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ।

National life

तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योलमै छ। खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ।

प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना सुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ। 

राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले ७ महिनापछि राजीनामा दिए। उनको राजीनामासँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षकविहीन छ। नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षकको कार्यकाल पनि अस्थिर हुन थालेको हो। 

पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइमा पुर्‍याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक क्यानले नियुक्त गरेको थियो। तर पुबुदुमाथिको भरोसा उनको राजीनामासँगै सकियो। टोलीबाट स्थिर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन। 

Laxmi sunrise bank
kumari

टोलीको प्रदर्शन ठीक उल्टो हुँदै गयो। विश्व क्रिकेट लिग २ को भ्रमणमा नेपाली टोलीले उपलब्धि निकाल्न सकेन। अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गरे।

नेपाली क्रिकेटलाई उकास्न नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको पूर्वक्रिकेटर पवन अग्रवाल बताउँछन्। 

राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट/उपगुट भएको संकेत छाडेका छन्। पुबुदुको बहिर्गमनसँगै अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए। क्यानले विदेशी प्रशिक्षकसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने मल्लले जानकारी दिए। 

प्रशिक्षक नियुक्तिका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा रहेको मल्लले बताए। क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको उनको भनाइ छ।

उनले भने, ‘आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सकिन्छ। सूचना ननिकाली प्रशिक्षक ल्याउन सकिन्छ। हामीले खोज्ने भनेको बेस्ट कोच हो, जसले नेपाली क्रिकेटलाई राम्रोसँग ह्यान्डल गर्न सकोस्। टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन्, त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजीमा छौं। अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन्। काम गर्न सक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिन सक्ने प्रशिक्षक खाँचो छ । छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदै छ।’

क्रिकेट समूहको खेल होे। टोलीका हरेक खेलाडीको भूमिका खेलमा उत्तिकै महत्त्व हुन्छ। प्रशिक्षक एउटा पात्र हुन्, जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ।

यही अपेक्षा पुबुदुबाट गरिए पनि त्यो प्राप्त हुन सकेन। सोही कारण अहिले टोली प्रशिक्षकविहीन छ। अहिलेको अवस्थामा नेपाली टोलीले पाएको एकदिवसीय मान्यता धरापमा पर्न थालेको छ। खेलाडीको प्रदर्शनको पारो उकालो लाग्नुभन्दा पनि ओरालो लाग्नु एउटा कारण गणना हुन थालेको छ।

कुनै समय साख बटुलेको नेपाली क्रिकेटलाई अहिले जोगाउन मुस्किल देखिन थालेको छ। यी सबै समस्या समाधान गर्न नयाँ र विगतभन्दा माथिल्लो स्तरका प्रशिक्षकबाट सम्भव हुनेछ।

विशेषगरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैं आलोचित हुँदै आएको छ। केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ।

नेपाली क्रिकेटलाई उकास्न नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्न सक्ने प्रशिक्षक आवश्यक भएको पूर्वक्रिकेटर पवन अग्रवाल बताउँछन्। उनले खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक रहेको बताउँदै भारत, श्रीलंका, पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुने धारणा व्यक्त गरे।

अहिले नेपाली क्रिकेटमा भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीलाई प्रशिक्षणमा कठिन भएको उनको भनाइ छ। पूर्वप्रशिक्षक दासानायकेले दोस्रो कार्यकालमा अपेक्षाअनुसारको नतिजा दिलाउन नसकेको उनको बुझाइ छ।

अग्रवालले भने, ‘पुबुदुको दोस्रो कार्यकाल सम्हाले पनि अपेक्षाअनुसारको नतिजा दिलाउन सकेनन्। उनको राजीनामापछि हामीले चाहिने प्रशिक्षक भनेको नेपाली संस्कृति र खेलाडीको मनोभावना बुझ्ने प्रशिक्षक आवश्यक छ। खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक छ। भारत, श्रीलंका, पाकिस्तानी प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुन्छ।’ उनीहरूले नेपाली संस्कृति बुझ्ने हुँदा खेलाडीसँगको संवाद केही हदसम्म सहज हुने उनको भनाइ छ।

विशेषगरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैं आलोचित हुँदै आएको छ। केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ। अहिलेको नेपाली टोलीमा सबैभन्दा सुधारको पाटो ब्याटिङ नै हो।

पुबुदुले सांकेतिक रूपमा टोलीभित्र देखाएको गुट/उपगुट अर्को समस्या नतिजा धकेल्ने कारक बन्न थालेको छ। यी समस्या समाधान नगरे नेपाली क्रिकेटको साख धराशयी हुने निश्चित छ।

प्रकाशित: Aug 03, 2022| 12:26 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।