शनिबार, साउन १२, २०८१

पैसाको लोभले निम्त्याएको पाप: विपन्‍न परिवारमा बज्रपात

डिपेन्डेन्ट भिसामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर प्रलोभन देखाएर कागजी विवाह गराइदिएको, पछि बिमा गराई सुन्दरको हत्या गरेर बिमाबापतको रकम कुम्ल्याउने षड्यन्त्र थियो, त्यो।
 |  बुधबार, साउन १८, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

बुधबार, साउन १८, २०७९

बाँके– कुवेत पुगेकी बेलीकुमारी विकको मन कोहलपुरमै छ। २ वैशाख २०७८ राति सवारी दुर्घटनामा परेर मारिएका २१ वर्षीय छोरा सर्जन विकको मृत्यु आकस्मिक नभई नियोजित हत्या हो भन्ने थाहा पाएपछि उनको मन स्थिर छैन। 

triton college

बिमामार्फत अढाई करोड रुपैयाँ हत्याउने गरी केही व्यक्तिले आफ्नै छोरालाई सिकार बनाएर मारेको थाहा पाएपछि यो कुराले उनलाई आहत दिएको छ। ७ वर्षअघि कुवेत पुगेकी उनले अहिले दिनमै कैयौं पटक जेठा छोरा सुन्दर विकसँग फोनमा बिलौना कहन्छिन्। 

श्रीमान् खेमबहादुर विकको मृत्युपछि बेलीकुमारीले दुई छोरा र एक छोरीलाई सकस गरेर हुर्काएकी हुन्। उनी तत्काल नेपाल आउन चाहे पनि सम्भव छैन। 

कोहलपुरमा २९ वर्षीय जेठा छोरा सुन्दर र छोरी २५ वर्षीया दुर्गा विकमात्रै छन्। उनीहरू पनि कामको सिलसिलामा एक वर्षअघि बुटवल बस्दै आएका थिए। 

भाइको मृत्यु स्वाभाविक भएको भनेर चित्त बुझाएका उनीहरू अहिले आक्रोशित मात्र छैनन्, यस्तो अवस्थामा न्याय माग्न कहाँ जाने भन्ने थाहा नहुँदा झनै चिन्तित सुनिन्छन्। कोहलपुर आएर चिनेजानेका मान्छे, आफन्त भेट्ने र न्यायका लागि हारगुहार गरिरहेका छन्, उनीहरू। 

Metro Mart
vianet

मृतक सर्जनका बुबा खेमबहादुर कोहलपुर बजारका सबैभन्दा पुराना सुनचाँदी व्यवसायी थिए। अब्बल व्यवसायीको रूपमा परिचित खेमबहादुरको व्यवसाय खस्किएन मात्रै, सबै कारोबार धराशयी भयो। यहाँसम्म कि भएको घर बेचेर डेरामा बस्ने अवस्थामा पुग्नुपर्यो। 

खेमबहादुरको मृत्युपछि सुन्दर, सर्जन र दुर्गाको सम्पूर्ण भविष्य आमा बेलीकुमारीको काँधमा आइलाग्यो। ऋणको भारी, तीन सन्तानको भविष्यले बेलीकुमारीलाई देशमा बस्न सक्ने अवस्था भएन। हुर्किंदै गरेका तीन सन्तान छाडेर बेलीकुमारी कुवेत हान्निइन्। 

डेराको बसाइ। छोराहरूले पढाइ छाडे। जेठा छोराले सानैमा सुनको श्रमिकको रूपमा काम सिक्न थाले। सर्जनले दाइकै संगतमा सुनको गहना बनाउने काम सिक्दै थिए। आर्थिक अवस्था बलियो नहुनु र अभिभावकविहीन भएपछि सर्जनले कक्षा ७ पढ्दापढ्दै छाडेका थिए।  

भाइलाई लिएर सुनको गहना बनाउने काम गर्दै आएका सुन्दरको कोहलपुरकै सञ्जीव अर्यालसँग विस्तारै परिचय हुँदै गयो। धनाढ्य परिवारका सञ्जीवको दाइ सुन्दरभन्दा भाइ सर्जनसँग हिमचिम बढ्न थाल्यो। 

‘भाइले विस्तारै काममा मन लगाउन छाडेको थियो। काम गरेको पैसा पनि नदिने भनेर मसँग झर्किन थालेको थियो,’ भाइको व्यवहार स्मरण गर्दै दाजु सुन्दरले भने, ‘मसँग भन्दा बढी सञ्जीवसँग समय बिताउने, उसैले कहाँ–कहाँ लैजाने, पकेट खर्च दिने गरेको थियो।’ सर्जन दाइसँगको काम चटक्कै छाडेर सञ्जीवको पछि मात्र लागेनन्, सँगै बस्दै आएका दाइसँग टाढिएर अर्कै ठाउँमा भिनाजु नाता पर्नेसँग बस्न थाले। त्यसपछि भाइ र सञ्जीव कहाँ जान्थे, के गर्थे भन्ने सुन्दरलाई थाहै हुन सकेन। 

‘त्यो सञ्जीवलाई भाइले भगवान् भन्थ्यो,’ सुन्दरले सुनाए, ‘सञ्जीवमाथि भाइको यति विश्वास थियो कि जे भने पनि मान्ने भइसकेको थियो। त्यस्तो विश्वास गरेको मान्छेले यस्तो खतरनाक षड्यन्त्र गरेर मार्छ भन्ने त्यो सोझो भाइलाई के थाहा?’ सुन्दर भावुक सुनिए। 

२ वैशाख २०७८ मा बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा मोटरसाइकल दुर्घटनामा परेर सर्जन विकको मृत्यु भएको भनियो। त्यो दुर्घटना थिएन, पूर्वयोजनाअनुरूप षड्यन्त्रपूर्वक गराइएको दुर्घटना र हत्या थियो भन्ने रहस्य १५ महिनापछि खुलासा भयो। षड्यन्त्र रच्ने स्याङ्जा घर भई कोहलपुर बस्दै आएका उनै ३१ वर्षीय सञ्जीव अर्याल थिए। 

श्रीमान् खेमबहादुर विकको मृत्युपछि बेलीकुमारीले दुई छोरा र एक छोरीलाई सकस गरेर हुर्काएकी हुन्। उनी तत्काल नेपाल आउन चाहे पनि सम्भव छैन। 

डिपेन्डेन्ट भिसामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर प्रलोभन देखाएर कागजी विवाह गराइदिएको, पछि बिमा गराई सुन्दरको हत्या गरेर बिमाबापतको रकम कुम्ल्याउने षड्यन्त्र थियो, त्यो। गरिब, अभिभावकविहीन, अशिक्षित सर्जन विक यही फिल्मी शैलीको षड्यन्त्रको सिकार भए। 

सञ्जीवले डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने प्रलोभन देखाएर सर्जनलाई कोहलपुर–२ बस्ने सपना मल्लसँग कागजी विवाह गराइसकेका थिए। 

सर्जनले विवाह गरेको उनका घरपरिवार मात्र होइन, त्यसअघि उनका कुनै पनि साथीलाई थाहा थिएन । सुन्दरले भने, ‘भाइको दुर्घटनापछि भएको मृत्यु इलाका प्रहरी कार्यालयभित्र मात्रै थाहा पाएका हौं हामीले। डेथ सर्टिफिकेटमा नाम चढाउनका लागि रै’छ। हामीले यति धेरै सोच्ने कुरा पनि भएन। अहिले आएर मात्रै सबै कुरा छर्लङ्ग भयो।’

महिनौं संगत गरेर र आफ्नो बनाएर पैसाका लागि हत्या गर्ने कुरा कल्पनाभन्दा बाहिरको रहेको उनले बताए। यो प्रश्न सुन्दर विकको मात्र होइन, अहिले कोहलपुरमा यही घटनाको चर्चा छ। चोक, पसलदेखि प्रत्येक भेटमा मानिस यही घटनाबारे जिब्रो टोकेर चर्चा गरिरहेछन्।  

दुर्घटनाको प्रकृति हेर्दा त्यतिबेलै यो स्वाभाविक होइन भन्ने सुन्दरलाई लागेको थियो। यही कुरा सुन्दरलाई मात्र होइन, इलाका प्रहरी कार्यालय कोहलपुरका तत्कालीन प्रहरी नायब उपरीक्षक डीएसपी रवीन्द्र खनाललाई पनि लागेको थियो। 

‘घटना हेर्दा यो दुर्घटना मात्रै थिएन। त्यतिबेलाका डीएसपी रवीन्द्र खनालले पनि त्यो संकेत गर्नुभएको थियो,’ दुर्घटना स्थलको अवस्थाबारे बताउँदै सुन्दर भन्छन्, ‘मलाई शंका पहिल्यै लागेको थियो। केही न केही गडबडी छ भन्ने। तर सवारी ज्यान मुद्दामा गएपछि अरू कुरा अगाडि बढ्ने अवस्थै आएन।’

सुन्दरका अनुसार कोहलपुरबाट डिगियातर्फ गइरहेको भे१ख २४९१ नम्बरको मिनी बसले भे१०प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

सञ्जीवले डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने प्रलोभन देखाएर सर्जनलाई कोहलपुर–२ बस्ने सपना मल्लसँग कागजी विवाह गराइसकेका थिए। 

मिनी बसको बायाँ साइडले ठक्कर दिएको देखिए पनि दायाँ साइडको पछिल्लो चक्कामा रगत देखिन्छ। मोटरसाइकलको बायाँ साइड घिसारिएको देखिए पनि मृतकको शरीरमा घिसारिएको कुनै चोटपटक थिएन। 

बरु मृतकको छातीमा बसको पांग्राको छाप सीधै परेको थियो। कपडासमेत घिसारिएर फाटेको नभई हातैले च्यातेजस्तो देखिन्थ्यो। दुर्घटनापछि सबै प्रशासनिक कार्य मिलानमा सञ्जीव अर्यालकै सक्रियता देखिएको थियो। सुन्दर भन्छन्, ‘हामीभन्दा पहिल्यै प्रहरीमा पुग्ने, प्रशासनमा जाने, हामीलाई बोल्न दिइन्नथ्यो। हामीले त्यसलाई सहयोग भनेर सोच्यौं तर त्यो होइन रहेछ।’ 

सुन्दरका अहिले श्रीमती र दुई सन्तान छन्। एउटी बहिनी। आफ्नो घर छैन। डेरामा बसेर ज्याला-मजदुरी गरेर जीवन चलाइरहेका छन्। कुवेतमा आमा बेलीकुमारीलाई बेचैनी र छटपटी नहुने कुरै भएन। अभिभावकविहीन एक निर्दोष भाइको ज्यान लिएर करोडौं रकम कुम्ल्याउन भूमिका खेल्ने व्यक्तिहरू अपराधको भागीदार हुनुपर्छ भनेर सुन्दर लागिपरेका छन्। 

बिमा गराउने एजेन्ट सरदर अहमद खाँ र सञ्जीव पूर्वपरिचित हुन्। उनीहरूकै मिलेमतोमा बिमा रकम खाने योजनामा विपन्न समुदायका युवा सर्जनले अकालमा ज्यान गुमाउनुपर्यो। 

हत्या योजनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। मुख्य योजनाकार सञ्जीव अर्याल, मृतकसँग विवाह दर्ता गरेकी कोहलपुर–२ घर भएकी सपना मल्ल, बिमा एजेन्ट कोहलपुरका सरदार अहमद खाँ, मिनी बसचालक टोपबहादुर राना क्षेत्री, कोहलपुर घर भएका ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटा उर्फ आरती छन्।

सपनालाई सञ्जीवसँग भेट गराउने काम ललिताकुमारीले गरेकी थिइन्। प्रहरी अनुसन्धानबाट ललिता सञ्जीवकै गर्लफ्रेन्ड भएको खुलेको छ।

प्रकाशित: Aug 03, 2022| 07:08 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।