निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने चुनावमा सेना र प्रहरीका समेत प्रतिनिधि रहने गरी निर्वाचन मिडिया अनुगमन संयन्त्र गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि पत्रकार महासंघको विरोध।
भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै असन्तुष्टि बढिरहेकाले चुनावी अंकगणितले कोल्टे फेर्न सक्ने अनुमान गरिँदै छ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ६८ पैसा र बिक्री दर १३१...
महाकाली नदी छेउमै रहेको ब्रह्मदेवमा सडकको दायाँबायाँ लहरै साना पक्की र केही अस्थायी प्रकृतिका घर देखिन्छन्। त्यसमा कोहीले होटल थापेका छन्, त कोहीले लत्ताकपडा, खाद्यान्न, किराना, मिठाइ तथा फलफूलको पसल।
उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।