मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना सम्बन्धित क्षेत्रमै हुने

एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना सम्बन्धित क्षेत्रमै हुने

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत गणना सम्बन्धित क्षेत्रमै हुने भएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

विराटनगर- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मत गणना सम्बन्धित क्षेत्रमै हुने भएको छ।

प्रतिनिधिसभाका १/१ निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना जिल्ला सदरमुकाममा हुने भए पनि एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको मतगणना सम्बन्धित क्षेत्रमै गर्ने गरी तयारी अघि बढाइएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्थापना हुने निर्वाचन अधिकृतको कार्यालयमा सम्बन्धित प्रदेश र प्रतिनिधिसभा क्षेत्रको मतगणना हुने भएको छ। 

विराटनगरमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू र जिल्ला निर्वाचन अधिकारीहरूलाई सोही अनुसार तयारी गर्न भनिएको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए। उनले भने, ‘अघिल्ला निर्वाचनहरूमा प्रदेश र प्रतिनिधिसभाको मतपेटिका सदरमुकाममा ल्याएर गणना गर्ने गरिए पनि यस पटक त्यस्तो हुने छैन।’ 

विराटनगरमा भेला भएका मधेस प्रदेशका सिरहा र सप्तरी सहित प्रदेश १ का १४ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई असोज २० गते भित्रमा कार्यालय स्थापना गर्न आयोगले निर्देशन दिएको छ। असोज १५ देखि २० भित्रमा कार्यालय स्थापना गर्न भनिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले बताए। 

प्रतिनिधिसभाका २८ वटा निर्वाचन क्षेत्र  रहेको प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा ६ वटा रहेको छ। झापामा ५ निर्वाचन क्षेत्र र सुनसरीमा ४ निर्वाचन क्षेत्र छ। इलाम र उदयपुरमा दुई/दुई निर्वाचन क्षेत्र रहेका छन् भने अन्य ९ जिल्लामा एक मात्र प्रतिनिधि निर्वाचन क्षेत्र रहेको छ।

प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा संवैधानिक तथा कानुनी व्यवस्था, जनशक्ति र सुरक्षा व्यवस्थापन, मतदाता शिक्षाका साथै निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण बारे प्रशिक्षण दिइएको अधिकारीले बताए।

प्रकाशित: Sep 30, 2022| 07:10 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...