बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारीको ठक्करबाट काठमाडौं र ललितपुरमा एक–एक जनाको मृत्यु

सवारीको ठक्करबाट काठमाडौं र ललितपुरमा एक–एक जनाको मृत्यु

ललितपुरको हरिसिद्धीमा हिजो बेलुकी पानी ट्यांकरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

 काठमाडौं- ललितपुरको हरिसिद्धीमा हिजो बेलुकी पानी ट्यांकरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। 

National life

हरिसिद्धि पेट्रोल पम्प स्थित सडक खण्डमा हात्तिवनबाट गोदाबारीतर्फ जाँदै गरेको ना.४.ख.३१२९ नम्बरको पानी ट्यांकरले ठक्कर दिँदा मृत्यु भएका उनको पहिचान खुल्न सकेको छैन।  

गम्भीर घाइते भई उपचारको लागि पाटन अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी वृत सातदोबाटोले जनाएको छ। 

यस्तै बिहीबार साँझ काठमाडौंको नागार्जुन नगरपालिका ६ घट्टकुलोमा मोटरसाइकालले ठक्कर दिँदा स्थानिय कृष्ण गिरीको मृत्यु भएको छ। बा.प्र ०२–०२८ प ८८२१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका गिरिलाई ठक्कर दिदा गम्भिर घाइते भई उपचारको लागि मनमोहन अस्पताल स्वयम्भु पठाइएकोमा उपचारको क्रममा राति मृत्यु भएको हो। 

मोटरसाइकल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा रहेको र नागार्जुन नगरपालिका ८ का मोटरसाइकल चालक २१ वर्षिय समिर तामाङ फरार रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 30, 2022| 08:56 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।