मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गम्भीर रोग लागेका बिरामीको उपचार खर्च लिन वडामा निवेदन दिन ललितपुर महानगरको आग्रह

गम्भीर रोग लागेका बिरामीको उपचार खर्च लिन वडामा निवेदन दिन ललितपुर महानगरको आग्रह

ललितपुर महानगरपालिकाले गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च लिनका लागि निवेदन दिन आग्रह गरेको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- ललितपुर महानगरपालिकाले गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च लिनका लागि निवेदन दिन आग्रह गरेको छ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका बिरामीलाई उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय अनुसार तथा महानगरले गत महिनाको १३ गते गरेको निर्णय अनुसार निवेदन वडा कार्यालयमा निवेदन दिन महानगरले आग्रह गरेको छ।

महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने बिरामीले आवश्यक कागजातसहित आफ्नो वडा कार्यालयमा अनुसूची-२ बमोजिमको निवेदन दिनुपर्ने छ।

नेपाल सरकारको सामाजिक सुरक्षा नीति अन्तर्गत सामाजिक सुरक्षा भत्ता लिएका व्यक्तिहरू र बहालवाला कर्मचारीहरूलगायतले यो सूचना बमोजिमको औषधि उपचार खर्च लिन नपाइने महानगरले जनाएको छ।



प्रकाशित: Sep 30, 2022| 09:31 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।