बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोटरसाइकलबाट लडेका व्यक्तिको ट्रकले कुल्चिएर मृत्यु

मोटरसाइकलबाट लडेका व्यक्तिको ट्रकले कुल्चिएर मृत्यु

नारायणगढ-मुग्लिन सडकमा बिहीबार साँझ मोटरसाइकल पल्टेर सडकमा पछारिएका व्यक्तिलाई विपरीत दिशाबाट आएको ट्रकले कुल्चिँदा ज्यान गएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

चितवन- नारायणगढ-मुग्लिन सडकमा बिहीबार साँझ मोटरसाइकल पल्टेर सडकमा पछारिएका व्यक्तिलाई विपरीत दिशाबाट आएको ट्रकले कुल्चिँदा ज्यान गएको छ।

National life

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ सात बजेतिर भरतपुर महानगरपालिका-२९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६-०१ प १९८० नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

मोटरसाइकलको पछाडि बसेका भरतपुर-२ मा बस्ने भारतीय नागरिक १९ वर्षीय महमद सकिल साहलाई सडकमा लडेका बेला मुग्लिनतर्फ जाँदै गरेको लु२ख ५५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकले कुल्चिँदा उनको घटनास्थलमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ३० वर्षीय अकबर शाह सकुशल रहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 30, 2022| 07:46 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।