मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दसैंमा पूर्वराजाको भिडियो सन्देश- उठाए व्यवस्थामाथि प्रश्न [भिडियोसहित]

दसैंमा पूर्वराजाको भिडियो सन्देश- उठाए व्यवस्थामाथि प्रश्न [भिडियोसहित]

पूर्वराजा ज्ञानेन्द्र शाह एक भिडियोमार्फत दसैंको शुभकामना दिएका छन्। उनले सन्देशमार्फत वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन्।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह एक भिडियोमार्फत दसैंको शुभकामना दिएका छन्। उनले सन्देशमार्फत वर्तमान शासन व्यवस्थामाथि प्रश्न उठाएका छन्। 

न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको शाहको भनाइ छ। पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन्। शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। 

‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई असफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ,’ शाहले भनेका छन्।

विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको उनको भनाइ छ। 

प्रकाशित: Sep 30, 2022| 08:46 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...