शुक्रबार, वैशाख १४, २०८१

इलाम–२ मा सुवास नेम्वाङलाई कति सहज?

भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै असन्तुष्टि बढिरहेकाले चुनावी अंकगणितले कोल्टे फेर्न सक्ने अनुमान गरिँदै छ।
 |  शुक्रबार, असोज १४, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, असोज १४, २०७९

काठमाडौं– आगामी ४ मंसिरमा हुने संघीय संसद् तथा प्रदेशसभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले करिब–करिब स्थानीय स्तरबाट आ–आफ्ना दलका उम्मेदवारको नाम सिफारिस गर्ने काम सकेका छन्। स्थानीय स्तरबाट उम्मेदवारको नाम सिफारिस गरेसँगै उम्मेदवारको जितको अंकगणितीय आधारबारे पनि लेखाजोखा हुन थालेको छ। 

triton college

केन्द्रमा दलहरू गठबन्धन बनाउन लागिपरेका छन्। सत्तामा रहेका पाँच दलले गठबन्धन बनाउने निर्णय गरिसकेका छन्। त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि राप्रपा र लोसपासँग गठबन्धनका लागि छलफल गरिरहेको छ। 

विशेषगरी शीर्ष नेताहरू आ–आफ्नो क्षेत्र सुरक्षित गराउने रणनीतिमा छन्। तीमध्येकै एक हुन्, एमाले नेता सुवास नेम्वाङ।

इलामको क्षेत्र नम्बर २ बाट नेम्वाङ निरन्तर निर्वाचित हुँदै आएका छन्। २०५६ मा प्रतिनिधिसभा छिरेका उनले त्यसबाट ‘ब्याक’ हुनुपरेको छैन। त्यसअघि पनि २०४८ र २०५२ मा गरी उनी दुई पटक राष्ट्रिय सभाको अध्यक्ष भइसकेका थिए। यसरी इलामले नेम्वाङलाई पटक–पटक अवसर दिइरहेको छ।

४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि  एमाले इलाम–२ ले नेम्वाङलाई एकल सिफारिस गरेको छ। नेपाली कांग्रेसले पहिलो नम्बरमा डम्बर खड्कालाई सिफारिस गरेको छ भने त्यसपछि क्रमशः भेषराज आचार्य, बेनु प्रसाईं, केशव थापा र नरेन्द्र कुमारलगायतको नाम सिफारिसमा परेका छन्।

corrent noodles
Metro Mart
भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै  असन्तुष्टि बढिरहेकाले चुनावी अंकगणितले कोल्टे फेर्न सक्ने अनुमान गरिँदै छ।

एकातिर एमालेका शीर्ष नेता नेम्वाङ र अर्कोतिर गठबन्धनकै उम्मेदवार रहने भएकाले इलाममा ‘टाइट’ प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेस सडक निर्माणको विषयलाई लिएर एमालेविरुद्ध होमिने तयारीमा छ भने कांग्रेसभित्रैको लफडाको फाइदा एमालेले लिने देखिन्छ।

उसो त, नेम्वाङले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसका केशव थापालाई पराजित गरेका थिए। नेम्वाङले ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार ८ सय ६५ मत आएको थियो। तर गत स्थानीय तह निर्वाचनको मत परिणाम जोड्दा एमालेभन्दा कांग्रेस अगाडि देखिएको छ। त्यसैले इलाम–२ मा के हुन्छ भनेर यसै भन्न नसकिने स्थानीय बताउँछन्। 

यो निर्वाचन क्षेत्रमा जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छ। गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा इलाम नगरको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्र्रेसले जितेको छ भने देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ। सबै वडा र पालिकाको मत जोड्दा भने कांग्रेसको धेरै छ।

जस्तो, इलाम नगरपालिकामा नेपाली कांग्रेसको मत अगाडि देखिएको छ। अध्यक्षको मत हेर्दा कांग्रेसले १३,१६५ मत ल्याएको छ भने एमालेले १०,५८७ मत ल्याएको छ। देउमाईमा एमालेले ८,६२२ मत ल्याउँदा कांग्रेस ७,६२२ मत ल्याएर दोस्रो भएको छ। माङसेबुङ गाउँपालिकामा एमालेले ३,८९८ मत ल्याउँदा कांग्रेसले ३,४९५ मत पाएको छ। 

एकातिर एमालेका शीर्ष नेता नेम्वाङ र अर्कोतिर गठबन्धनकै उम्मेदवार मैदानमा होमिने भएपछि इलामको चुनावी प्रतिस्पर्धा कसिलो हुने निश्चित छ।

त्यस्तै, फाकफोकथुम गाउँपालिकामा एमालेको मत अगाडि देखिन्छ। एमालेका दीपेन्द्र खनालले ५,३२२ मत ल्याउँदा कांग्रेसका डिकबहादुर थापाले ४,८२१ मत ल्याएका छन्। चुलाचुली गाउँपालिकामा भने करिब ३ हजार मतले कांग्रेस अगाडि देखिएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसले ६,६५० मत ल्याउँदा एमालेले ३,७५५ मत ल्याएको छ। माई नगरको ३ वडा जोड्दा भने एमाले अगाडि देखिन्छ। एमालेले २५६८ मत ल्याउँदा कांग्रेसले २१६१ मत ल्याएको छ।

गत स्थानीय तह निर्वाचनको मत परिणामअनुसार इलाम–२ मा कांग्रेस झन्डै साढे ५ हजार मतले अगाडि देखिन्छ। पलिका अध्यक्षहरूको जोड्दा कांग्रेसको कुल ३७,९१४ मत देखिन्छ भने एमालेको ३२,१३४ मत रहेको छ। यद्यपि, स्थानीय तहको मतलाई हेरेर संघीय चुनावको विश्लेषण गर्न नसकिने स्थानीय पत्रकार भीम चापागाईं बताउँछन्। 

नेम्वाङका कमजोरी 
नेम्वाङलाई पहिलाका तुलनामा यो चुनाव चुनौतीपूर्ण देखिन्छ। एकातिर गठबन्धनको भार अर्कोतर्फ आफ्नै कमजोरीका कारण उनलाई गाह्रो पर्न सक्ने स्थानीय राजनीतिका जानकारहरू बताउँछन्। स्थानीय तह चुनावमा टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रै असन्तुष्टिसमेत बढेका छन्।

त्योसँगै विकास निर्माणको काम नगरेको भन्दै एमालेसँग इलाम–२ का मतदाताको असन्तुष्टि बढेको देखिएको चापागाईंले बताए। विशेषगरी राँके–रवि सडक नबनेकामा नागरिक असन्तुष्ट रहेको उनले बताए। यो सडक केही समयअघि एमाले अध्यक्ष केपी ओलीले नै उद्घाटन गरेका थिए। 

इलाम–२ कांग्रेस क्षेत्रीय समितिले भेषराज आचार्यको नाम एक नम्बरमा राखेर सिफारिस गरे पनि जिल्ला सभापतिसमेत रहेका डम्बर खड्काले पछि त्यसलाई सच्याएर आफ्नो नाम पहिलो नम्बरमा राखेपछि कांग्रेसभित्रको असन्तुष्टिलाई क्याच गर्न सक्छन् नेम्वाङ। 

इलामको ठूला ‘प्रोजेक्ट’मध्येको यो एक हो, यो सडक। उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ। तर ठेकेदारको लापर्वाहीले काम पूरा भएको छैन। अहिले बाटोको स्थिति झन् खराब रहेको देखिन्छ। अहिले आएर ठेकेदारलाई सजाय दिलाउनेभन्दा पनि अघिल्लो पटक गरिएको ठेक्का सम्झौता तोडेर टार्ने मनस्थिति नेम्वाङमा देखिएको छ। यसलाई लिएर नागरिक असन्तुष्टि बढेको चापागाईंले बताए।

‘एमालेले त्यत्रो हल्ला गरेर बाटो उद्घघाटन ग¥यो। तर खोइ आएन अहिलेसम्म भनेर जनताले प्रश्न गर्न थालेका छन्,’ उनले भने, ‘त्यसमाथि अब त ठेक्का नै तोडिदिन लागे भन्ने विषय भित्रभित्रै फैलिएको छ।’

भौगोलिक हिसाबले पनि विकट रहेको इलाम–२ मा बाटो, बिजुली, बत्तीलगायत पूर्वाधार निर्माणमा नेम्वाङले काम गर्न नसकेको भन्दै उनीमाथि असन्तुष्टि बढिरहेको हो। सामाजिक सन्जालतिर हेर्दा पनि इलाम–२ मा सडक निर्माण र अन्य विकास निर्माणका काम नभएको भन्दै नेम्वाङको आलोचना सुनिन थालेका छन्।

कांग्रेसभित्र लफडा
कांग्रेसभित्र सिफारिस नै धेरै भएको छ। पार्टीभित्र जिल्लामै असन्तुष्टि छन्। कांग्रेसमा डम्बर खड्का र भेषराज आचार्यको प्रतिस्पर्धा देखिन्छ। एकले टिकट पाउँदा अर्कोले असहयोग गर्ने हो कि भन्ने आशंका बढेको इलाम कांग्रेसकै एक नेताले बताए। इलाम–२ को कांग्रेस क्षेत्रीय समितिले भेषराज आचार्यको नाम एक नम्बरमा राखेर सिफारिस गरेको थियो। तर जिल्ला सभापतिसमेत रहेका खड्काले पछि त्यसलाई सच्याएर आफ्नो नाम पहिलो नम्बरमा राखे। आचार्यलाई दोस्रोमा राखे। यसले कांग्रेस भित्रभित्रै असन्तुष्टि बढाएको देखिन्छ।

तर यदि गठबन्धनले काम गरेर पार्टीभित्र अन्तरघात भएन भने नेम्वाङलाई कांग्रेसका उम्मेदवार चुनौती बन्न सक्ने देखिएको छ। कांग्रेसकै नेताहरू पनि चुनाव जित्नेमा आशावादी देखिन्छन्। क्षेत्रमा कांग्रेसको संगठन मजबुद भएको र नेम्वाङले आजसम्म विकासको काम राम्रोसँग नगरेकाले आपूmले जित्ने आधार रहेको कांग्रेस नेताहरूको दाबी छ। 

‘वडाध्यक्षको गन्दा हामी ३३ सय मतले अगाडि छौं। गाउँपालिका र नगरपालिकाको अध्यक्ष गन्दा पनि ३८ सय मतले कांग्रेस अगाडि छ। गठबन्धनका कारण ७÷८ हजार मत हामीले जित्छौं,’ सिफारिसमा परेका डम्बर खड्काले भने।

खड्काका अनुसार २७ वर्ष जित्दा पनि ७ किलोमिटर बाटो पिच नभएको, सुकुम्बासी आयोगको धनीपुर्जा कसैले नपाएको, राँके–रविको बाटोको हालत दयनीय अवस्था भएको, चिसापानी डाँडाबारीको बाटो खराब भएको, नेपालटार–मंगलबारेको बाटो ध्वस्त भएको, जितपुर–जिबीथुम्काको बाटो नबनेकोलगायत सम्पूर्ण बाटोमा कुनैमा पनि पैसा नपरेको विषयलाई कांग्रेसले चुनावी मुद्दा बनाउने देखिएको छ।

प्रकाशित: Sep 30, 2022| 07:55 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...