मंगलबार, साउन १२, २०८३

कैलालीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका-७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चालक ३६ वर्षीय सुनिल कुश्मी भने सामान्य घाइते छन्। मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

प्रकाशित: Sep 30, 2022| 08:13 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।