बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गर्ने प्रहरीको तयारी

गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गर्ने प्रहरीको तयारी

गाोलीकाण्डमा संलग्न तीन जना आरोपिलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको हो।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- काठमाडौंको गोठाटारमा गत ३ असोजमा चलेको गाोलीकाण्डमा संलग्न तीन जना आरोपिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार उनीहरूलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको हो।

National life

पक्राउ परेकाहरूलाई आज काठमाडौं परिसरले सार्वजनिक गर्ने तयारी गरेको प्रहरी स्रोतको भनाइ छ। अहिले पक्राउ परेका अभियुक्तहरूको विवरण भने गोप्य राखिएको छ।

'हामीले भारतबाट तीन जना अभियुक्तलाई पक्राउ गरेका छौं। उनीहरूलाई आज सार्वजनिक गर्ने छौं। त्यति खेरै अभियुक्त बारेमा जानकारी दिइने छ', प्रहरी स्रोतले भन्यो।

सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै ३ असोजमा हत्या भएको थियो। मोटरसाइकलमा आएका व्यक्ति महम्मदलाई गोली हानेर फरार भएका थिए।

भारतीय गुण्डा नितिन मदनको योजनामा उनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। तर, आज नितिनलाई प्रहरीले पक्राउ गरेको छ वा छैन भन्ने बारेमा खुल्न सकेको छैन।

प्रकाशित: Sep 30, 2022| 09:58 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।