पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मंगलबार राति एक युवकको खुकुरी प्रहारबाट हत्या गएको छ। आक्रमणमा परी एक महिला घाइते भएकी छन्।
बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर जबरा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन्।
उपाधि दाबेदार तथा साविक विजेता फ्रान्सले कतरमा जारी विश्वकपमा शानदार सुरुवात गरेको छ। मंगलबार राति अल जनोव रंगशालामा भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्।
काठमाडौं-४ बाट निर्वाचित थापालाई बधाई दिँदै फेसबुकमा गगनको फोटो राखेर विश्वले लेखेका छन्, 'जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।'
आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो। मतदान केन्द्रमा ९९९ मतदाता छन्।
खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।