आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला ह्याण्डबल : कर्णालीको पहिलो, प्रदेश १ र गण्डकीको दोस्रो जित

महिला ह्याण्डबल : कर्णालीको पहिलो, प्रदेश १ र गण्डकीको दोस्रो जित

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ह्याण्डबलमा कर्णालीले जित निकालेको छ। समूह ‛बी’मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको हो।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला ह्याण्डबलमा कर्णालीले जित निकालेको छ। समूह ‛बी’मा रहेको कर्णालीले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको हो। 

National life

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल मंगलबार दिउँसो सम्पन्‍न खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको हो। मधेशविरुद्ध कर्णालीकी अञ्जली शाही र संगीता सिंहले सर्वाधिक समान ५-५ स्कोर गरे। 

जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ। मधेश प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित छ। मधेशले पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीसँग २–४६ ले हार व्यहोरेको थियो। कर्णालीले पहिलो खेलमा प्रदेश-१ संग ४-२६ ले हार व्यहोरेको थियो। 

त्यसैगरी आजै भएको अर्को खेलमा भने प्रदेश–१ ले लगातार दोस्रो जित निकालेको छ।

पोखरा रंगशालाको कभर्ड हलमै भएको खेलमा प्रदेश–१ ले बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको हो। पहिलो खेलमा सोमबार कर्णालीविरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अंक बटुलेको छ। प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन्।

Laxmi sunrise bank
kumari

मंगलबारकै अर्को खेलमा गण्डकीले पनि दोस्रो जित निकालेको छ। समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिममाथि २७–४ को सानदार जित निकाल्दै ६ अंक जोडेको हो। आइतबारको आफ्नो पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले हराएको थियो। गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन्।

प्रकाशित: Oct 11, 2022| 20:55 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।