बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको ईयूको प्राविधिक टोलीको प्रतिक्रिया

हवाई क्षेत्रमा ठूलो उपलब्धि भएको ईयूको प्राविधिक टोलीको प्रतिक्रिया

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको ईयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- नेपालको हवाई सुरक्षामा उल्लेखनीय सुधार आएको युरोपेली सङ्घ (ईयू) को प्राविधिक टोलीले प्रतिक्रिया दिएको छ। नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न आएको ईयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) को टोली नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए।

National life

ईयुको प्राविधिक टोलीले गरेको अडिटबारे जानकारी दिन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले ईयूको प्राविधिक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनमा १० वर्षको अवधिमा ठूलो उपलब्धि ‘ग्रेट अचिभमेन्ट’ हासिल गरेको प्रतिक्रिया दिएको बताए। 

उनले भने, 'ईयूको टोलीले मलाई ‘ग्रेट अचिभमेन्ट’ भनेर प्रारम्भिक प्रतिवेदन दिएको छ। अन्तिम प्रतिवेदन छिट्टै बुझाएपछि सार्वजनिक गर्छौँ। नेपालले हासिल गरेको उपलब्धिमा ईयूको टोली पूर्णरूपमा सन्तुष्ट रहेको छ। सायद आउँदो मे महिनासम्ममा नेपाल ईयूको सुरक्षा सूचीबाट हट्नेछ।'

नेपालमा हालै तीन दिन अडिट गरेको ईयूको प्रतिनिधिले प्राधिकरणसहित तारा एयर र समिट एयरको स्थलगत अध्ययन गरेको थियो। ईयूले प्राधिकरण विभाजन गरेर सेवा प्रदायक र नियामक बनाउन कहिल्यै निर्देशन नदिएको बरु हवाई सुरक्षामा सुधार गर्न र आधुनिक प्रविधिको भरपुर उपयोग गर्न सुझाएको महानिर्देशक अधिकारीले बताए।

संस्थागत सुधारलाई लिएर सुरक्षा सूचीमा राखेको विषय निराधार रहेको भन्दै सोही हल्लाले प्राधिकरणले १० वर्ष किनै कठिनाइ बेहार्नुपरेको उहाँको तर्क थियो। ईयूको प्राविधिक टोलीले अक्टोबर आगामी कात्तिक ११ गते नेपाललाई प्रतिवेदन दिने जनाइएको छ। उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ। इयासाको टेक्निकल को-अप्रेसनको टिमले अक्टोबर यही असोज २० देखि २२ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो। तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो।

नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हासिल गरेको ग्लोबल एभरेजभन्दा माथि अर्थात ७० दशमलव एक प्रतिशत हवाई सुरक्षा दर र हवाई दुर्घटना नियमावली मन्त्रिपरिषद्बाट पास भइसकेकोलगायत विषयलाई आधार मानेर अडिट गरेको बताइएको छ।

उक्त प्राविधिक टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको प्राधिकरणले जनाएको छ।

ईयूले विगत १० वर्षदेखि  नेपाललाई ‘उड्डयन सुरक्षा सूची’ मा राखेको छ। यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो। पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो।

प्रकाशित: Oct 11, 2022| 22:05 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।