मंगलबार, फागुन १९, २०८२

कोभिड मत्थर भएसँगै विमानस्थलहरूमा यात्रीको चाप बढ्यो

कोभिड-१९ महामारी मत्थर भएसँगै यात्रा प्रतिबन्ध हटाएपछि जापानका विभिन्न विमानस्थलमा यात्रीको चाप बढेको छ। जापान भ्रमण गर्ने विदेशी पर्यटक तथा विदेश जान चाहने जापानीहरूको भीड विमानस्थलमा ह्वात्तै बढेको हो।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

टोकियो- कोभिड-१९ महामारी मत्थर भएसँगै यात्रा प्रतिबन्ध हटाएपछि जापानका विभिन्न विमानस्थलमा यात्रीको चाप बढेको छ। जापान भ्रमण गर्ने विदेशी पर्यटक तथा विदेश जान चाहने जापानीहरूको भीड विमानस्थलमा ह्वात्तै बढेको हो। 

जापान सरकारले अत्यावश्यक बाहेकका विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाउँदै कोभिड सङ्क्रमण नियन्त्रणका निम्ति अवलम्बन गरिएका स्वास्थ्य सावधानी र नियमहरूलाई पालना गर्दै यात्राको अनुमति दिएको छ। जापानबाट क्यानडा जाने यात्री तथा क्यानडाका विभिन्‍न विमानस्थलबाट जापान आउने पर्यटकहरूको विमानस्थलमा लर्को लागेको वायुसेवा प्रदायक कम्पनीहरूले बताएका छन्। 

कोभिडविरुद्ध खोप लगाएको हुनुपर्ने, कोभिड परीक्षण प्रतिवेदन नकारात्मक हुनुपर्ने, हरदम मास्क लगाउनुपर्नेलगायत स्वास्थ्य सुरक्षा प्रावधानलाई भने जापान सरकारले अनिवार्य गरेको छ। दुवै अमेरिकी मुलुक, एशियाली एवम् युरोपेली राष्ट्रका पर्यटकले अब एकान्त बासमा बस्नुपर्ने छैन। यद्यपि अस्वस्थ पर्यटकको हकमा यो नियम लागु हुनेछैन

यसैबीच, विमान कम्पनीहरूले यसअघि बेचेका छुटका टिकट तथा भुटान, थाइल्याण्ड, मलेसिया, भियतनामलगायत देशले बन्द गरेका आफ्ना सीमा नाका खोलेपछि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्नेहरूको भीड अनपेक्षित रूपमा बढेको छ। 

विमानस्थलको अध्यागमन कक्षमा यात्रीका लामा लाइन लागेका छन्। अर्थतन्त्रलाई गतिशील बनाउन ती देशले यात्रीलाई स्वागत गर्ने बताएपछि पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएको अध्यागमनका अधिकारीहरूले बताएका छन्। 

kumari

प्रकाशित: Oct 12, 2022| 05:00 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।