बिहीबार, वैशाख ३१, २०८३

२४ घण्टाको विपद् : १६ को मृत्यु, १७ बेपत्ता

पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा पहिराका कारण विभिन्न जिल्लामा १६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

National life

प्राधिकरणले आज एक बुलेटिन सार्वजनिक गर्दै सोमबारदेखि आजसम्मको २४ घण्टाको समयमा कालिकोट, मुगु, हुम्ला र बाजुरामा गरी १६ को मृत्यु हुनुका साथै १७ बेपत्ता भएको उल्लेख गरेको छ। 

दाङ र जुम्लामा अविरल वर्षाका कारण एक जनाको मृत्यु र एक घाइते भएका छन्। आगलागीबाट भक्तपुरमा एक घाइते भएका प्राधिकरणले जनाएको छ। पछिल्लो समयमा रामेछाप जिलाको मन्थली विमानस्थलमा सबैभन्दा बढी (४० दशमलव चार मिमि) पानी परेको जनाइएको छ। वैशाखयता दुई हजार दुई विपद्जन्य घटनामा २७६ को मृत्यु र ३३ बेपत्ता भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। यसपालि पहिरोका कारण बढी मानिसले ज्यान गुमाएका छन्। 

विपद्मा सेनाको उद्धार कार्य

विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले जनजीवन प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा स्रोत साधन प्रयोग गरी विभिन्न व्यक्तिको उद्धार गरिएको छ। 

नेपाली सेनाले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका¬–२० राँझा, गायत्री टोल आसपासका क्षेत्र डुबानमा परी घरभित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लान सफल भएको जनाएको छ।

नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही क्षेत्रको डुडुवा गाँउपालिका¬–१ खडैचा, चौफेरी गाउँका डुबान प्रभावित स्थानीय बासिन्दालाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

त्यहाँको राप्ती नदी र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयवासीको उद्धारका साथै खाना र पानीको व्यवस्थापन गरिएको सेनाले जनाएको छ।

यस्तै बर्दिया जिल्लाको गुलरिया नगरपालिका¬–८, थपुवा इलाका बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा परेको करिब ५० मिटर बाँध बोरामा माटो भरेर बाँध बनाइएको आज सेनाले एक सूचना जारी गरी जनाएको छ। 

उता कैलाली जिल्लाको भजनी नगरपालिका–३ पक्रेडाँडाको डुबान प्रभावित इलाकामा स्थानीयवासीको उद्धार गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरिएको जनाइएको छ। 

यस्तै कैलालीको डुबान प्रभावित इलाकामा स्थानीय तथा तिनका अत्यावश्यक सामग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीका कारण हुलाकी राजमार्गमा आवतजावत गर्न समस्यामा परेका यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ। 

जुम्ला जिल्लामा पहिरोमा परी घाइते भएकी एक महिला र एक पुरुष तथा कालीकोटका दुई पुरुषलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको सेनाले जानकारी दिएको छ।

प्रकाशित: Oct 11, 2022| 21:45 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।