आइतबार, मंसिर ७, २०८२

फेन्सिङमा दोस्रो दिन एपीएफ, आर्मी र बागमतिले जिते स्वर्ण पदक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दोस्रो दिन फेन्सिङ एकल सेवरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन्।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दोस्रो दिन फेन्सिङ एकल सेवरतर्फ एपिएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयलमा आर्मीकी रमा सिंह र पुरुष तर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जितेका छन्। 

National life

सशस्त्र प्रहरीको विभागीय टिम एपिएफका गजुरेलले क्लबका लागि पहिलो स्वर्ण जितेका हुन्। यस अगाडी ७ औ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत जितेका उनले  ८ औं मा टिम र एकल दुई विधामा रजत पदक जितेका थिए।

त्यस्तै, सेवरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन्। आर्मीकै रघुविर चन्द्र र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए।  

महिला तर्फको फोयलमा स्वर्ण पदक विजेता सिंहले ७ औ राष्ट्रिय खेलकुदमा स्र्वण र ८ औंमा रजत पदक जितेकी थिइन्। एपिएफकी मनिषा राईले रजत पदक र एपिएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे।

पुरुष तर्फका इपिमा स्वण जित्ने सिंहले ८ औंमा पनि स्वर्ण पदक जितेका थिए। इपिमा आर्मीका राम थापाले रजत पदक जिते। त्यसै गरी गण्डकी प्रदेशका विजय अधिकारी र एपिएफका मिन कार्कीले कास्य पदक जित्न सफल भएका छन्। गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन्। 

Laxmi sunrise bank
kumari

फेन्सिङको अंक तालिका अनुसार आर्मी शीर्षस्थानमा छ। उसले दुई स्वर्ण, ३ रजत र ४ कास्य सहित ९ पदक प्राप्त जितिसकेको छ। यता बागमतीले २ स्वर्ण, १ रजत र १ कास्य सहित ४ पदक प्राप्त गरेको छ।

शसस्त्र प्रहरी १ स्वर्ण, २ रजत र ६ कास्य सहित ९ पदक जितेर तेस्रो स्थानमा आफ्नो बनाएको छ। सुदूरपश्चिम प्रदेश १ स्वर्ण पदक सहित चौथो स्थान छ भने आयोजक गण्डकी प्रदेश १ कास्यसहित पाचौं स्थानमा छ। प्रदेश नम्बर एकले अहिले सम्म पदक जित्न सकेका छैन।

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङ लगाएतले पदक वितरण गरेका थिए। 

प्रकाशित: Oct 11, 2022| 21:21 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।