मंगलबार, वैशाख २९, २०८३

एकैदिन ८८ हजारभन्दा बढीले लगाए कोभिड विरुद्धको खोप

देशभरबाट मंगलबार ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन्। देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

National life

काठमाडौं- देशभरबाट मंगलबार ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन्। देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो। पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

मंगलबार २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ। सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ। 

हालसम्म ७६ जिल्लामा डेङ्गु फैलिसकेको मन्त्रालयले जनाएको छ। साउनदेखि यता ३३ हजार नौ सय ७५ सम्भावित डेङ्गु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको छ। 

प्रकाशित: Oct 11, 2022| 23:30 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्