आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डुबानका कारण धनगढी विद्युत् कार्यालयमा काम ठप्प

वर्षापछि जलमग्‍न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ।
 |  मंगलबार, असोज २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

धनगढी- वर्षापछि जलमग्‍न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ। 

triton college

दसैंको बिदा सकिएपछि आइतबारदेखि सबै कार्यालयको काम सञ्चालन भए पनि विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र परिसरमा पानी जमेका कारण अझै काम सुरु हुन नसकेर ठप्प रहेको हो। कार्यालय परिसरमा तीन÷चार फिटसम्म पानी जमेको छ। 

विद्युत् महसुल बुझाउन आज कार्यालय पुगेका सेवाग्राहीहरू कार्यालय बन्द देखेपछि महसुल नबुझाई फर्किरहेका देखिन्थे।  

डुबानमा परेको कार्यालयमा महसुल बुझाउन नपाई फर्किरहेका सेवाग्राही माया भट्टले पानी निकासका लागि उचित व्यवस्था गर्न नसकेर कार्यालयको काम ठप्प पार्नु लाचारीपन भएको बताए। उनले भने, 'विद्युत् प्राधिकरणको कार्यालय डुबानमा परेको पाँच दिन हुँदासम्म पनि निकासका लागि पहल नहुनु धनगढी उपमहानगरपालिकाका प्रमुख र विद्युत् प्राधिकरणका प्रमुखको अक्षमता हो।'

वर्षायाममा सो कार्यालयमा जम्ने पानी निकासका लागि गत वर्ष उपमहानगरपालिका कार्यालयको पहलमा विद्युत् कार्यालय नजिकको सडकमा ह्युमपाइप बिछ्याइएको थियो। तर ह्युमपाइपबाट जमेको पानी निकास हुन नसकेको प्राधिकरणका कर्मचारीले बताएका छन्। 

Metro Mart
vianet

दसैं बिदामा घर जानुभएका वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डल अझै कार्यालयमा फर्किनु भएको छैन। केन्द्रका निमित्त प्रमुख रोशनकुमार ठाकुरले कार्यालयमा देखिएको डुबानको समस्याबारे जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढी उपमहानगरपालिका र विद्युत् प्राधिकरणको अत्तरियास्थित प्रादेशिक कार्यालयमा जानकारी गराइएको बताए। 

'जमेको पानीको निकासको व्यवस्था सम्बन्धित निकायले गरिदिनुपर्ने हो,' उनले भने, 'डुबानले कार्यालयका कार्यकक्षमा पानी जमेकाले महसुल बुझ्ने काम, नयाँ ग्राहकको काम, मिटर रिडिङलगायतको काम बन्द छ।'

कार्यकक्षमा पानी जमेकाले बसेर काम गर्नसक्ने अवस्था नरहेको र जमेको पानीमै काम गर्दा विद्युत् प्रवाहको जोखिम देखिएकाले कार्यालयको कार्यकक्षमा विद्युत् प्रवाहसमेत बन्द गरिएको छ। 

सेवाग्राहीका घर, पसल, उद्योग, कलकारखानामा भने विद्युत् आपूर्ति नियमिति रहेको निमित्त प्रमुख ठाकुरले बताए।

'डुबानका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आउँदा काम अझै सुरु हुन सकेको छैन,' अर्का एक कर्मचारीले भने, 'जमेको पानीको निकासका लागि आजसम्म कसैबाट पहल भएको छैन।'

प्रकाशित: Oct 11, 2022| 22:10 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।