बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही २ मा विष्णु पौडेलका मुख्य प्रतिस्पर्धीसहित तीन जनाको उम्मेदवारी खारेज

रुपन्देही २ मा विष्णु पौडेलका मुख्य प्रतिस्पर्धीसहित तीन जनाको उम्मेदवारी खारेज

रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

रुपन्देही- रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको छ।

National life

नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका सत्ता गठबन्धनका गुरुङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) र स्वतन्त्र उमेदवार हिमाल बश्यालको उम्मेदवार बन्न योग्यता नपुगेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले बताए।

गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार विहीन बनेको छ। गुरुङलाई बैंकिङ कसुरमा अदालतले फैसला गरेको दुई हजार जरिवाना भुक्तान नगरेको, भूसालले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो।

गुरुङ र भूसालको उम्मेदवारी खारेजी सँगै एमाले उपाध्यक्ष पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ प्रतिस्पर्धी विहीन जस्तै भएको छ। भुसालले स्वतन्त्र उम्मेदवारी दिनेभन्दै विगत ५ महिनादेखि निर्वाचन क्षेत्र केन्द्रित विभिन्न समाजसेवा मूलक कार्यक्रम गर्दै आएका थिए।

एमाले नेता पौडेल २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा रुपन्देहीबाट विजयी हुँदै आएका छन्।





प्रकाशित: Oct 12, 2022| 06:45 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।