मंगलबार, वैशाख ८, २०८३

भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्‍ने

भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्‍ने भएका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

नयाँ दिल्ली- भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्‍ने भएका छन्। 

National life

वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन्। उनी भारतको ५०औँ प्रधानन्यायाधीश बन्‍ने भएका हुन्। उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुनेछ भने सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ । 

केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता नै नयाँ प्रधानन्यायाधीश चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो। मन्त्रालयको आग्रह अनुसार वर्तमान प्रधानन्यायाधीशले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरेका हुन्।  

 वर्तमान प्रधानन्यायाधीश ललितले भने तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल गत अगस्ट २६ मा सकिएपछि जिम्मेवारी पाएका थिए। उनको कार्यकाल ७४ दिनको मात्र छ। 

प्रकाशित: Oct 12, 2022| 05:30 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।