शुक्रबार, मंसिर १२, २०८२

फेवाताल सफाइ महाअभियानमा दुई हजार टन बढी जलकुम्भी निकालियो

पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ।
 |  मंगलबार, असोज २५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २५, २०७९

पोखरा-  पोखरा महानगरपालिकाको आह्वानमा शुभारम्भ गरिएको फेवाताल सरसफाइ महाअभियानमा आज दुई सय बढी ट्रकमा करिब दुई हजार टन जलकुम्भीसहितको फोहर निकालिएको छ। 

National life

महानगरमा ३३ वटै वडाका वडा जनप्रतिनिधिसहित विभिन्न सङ्घसंस्था, आमा समूह, वित्तीय संस्था, राजनीतिक दल, नागरिक समाजलगायत स्वस्फूर्त सहभागी अभियानकर्मीको सक्रियतामा आज उक्त जलकुम्भीसहितको फोहर फेवातालबाट निकालिएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए। 

उनले भने, 'फेवाताल पोखराको गहना हो। यसको सुन्दरतालाई जोगाउनु महानगरसहित सबैको दायित्व हो, आजको उपस्थितिले पुष्टि गरेको छ।' उनले सबैको सक्रिय सहभागिताले दुई सय ट्रकभन्दा बढी फोहर सङ्कलन गर्न सफल भएको बताए। उनका अनुसार तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार अभियानका क्रममा निकालिएको छ। 

दीर्घकालीन जलकुम्भी व्यवस्थापनका लागि अब अभियानलाई निरन्तरता दिने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने उनले बताए। उनले पर्यटकीय नगरी पोखरामा आउने पर्यटकको पहिलो गन्तव्यका रूपमा रहेको फेवातालको सुन्दरता जोगाउन पर्यटन व्यवसायी तथा होटेल व्यवसायीको साथ पनि आवश्यक रहेको जनाउँदै तालको छेउमा ठूलो व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ताल संरक्षण तथा सरसफाइमा चासो दिन आग्रह गरे। 

फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटकपटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको जनाउँदै अबका दिनमा त्यसलाई मर्मत सम्भार गरी सञ्चालनमा ल्याइने पनि उनले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

सरसफाइका लागि फेवाड्याम, ड्यामसाइड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट , नेपाल ट्रष्ट, पाहारी घाट, माछासेक्सन, फेवा घाट, स्वीमिङपुल हल्लनचोक, क्याम्पिङ चोक, खहरे घाट, बङ्गलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाटदुना टपरी, क्यारोनो भाखपौदी र इन्दअफ दि लेकका ३३ वडा पोइन्टहरू निर्धारण गरिएको महानगर प्रवक्ता एवं वडा नं २५ का वडाध्यक्ष मोतिराज तिम्सिनाले जानकारी दिए। 

प्रकाशित: Oct 11, 2022| 22:35 मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।