स्पष्टीकरण होइन, राजीनामा दिनुपर्छ भन्ने प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले सोमबार भने स्पष्टीकरणमा नै चित्त बुझाएर 'चिसो पानीले नुहाउँदै' संसद् अवरोध अन्त्य गर्न पुगेका छन्।
सवारी दुर्घटनामा परेर मृत्यु हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल तथा स्कुटर चालक रहेका छन्। चालु आवमा मोटरसाइकल तथा स्कुटर दुर्घटनाबाट ९३ जनाले ज्यान गुमाएका छन्।
दिवंगत जेठी छोरीलाई क्यान्सर हुँदा उपचारका क्रममा दिल्ली गएका बेला सिंहले भावनात्मक रुपमा तपाईं प्रधानमन्त्री हुनुपर्छ भनी सद्भाव राखेको विषयलाई बढाइचढाइ गरेर आफ्नो खेदो खनिएको प्रचण्डको गुनासो।
कतारबाट नेवानि विमानमार्फत आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका १२ जनासँग सुनका गहना फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
प्रचण्डले प्रधानमन्त्री हुन दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा उभिएर क्षमायाचना गर्ने सहमति नेतात्रयबीच जुटेपछि बुधबारदेखि अवरुद्ध सदन खुल्ने संकेत।