सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जना अपहरण 

क्यामरुनको उत्तरी क्षेत्रमा सशस्त्र डाकुद्वारा करिब ५० जना अपहरण 

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

याउण्डे- सशस्त्र डाकुहरूले क्यामरुनको उत्तरी क्षेत्रमा गत तीन दिनको अवधिमा करिब ५० जनालाई अपहरण गरेको छ। 

National life

स्थानीय सुरक्षा स्रोतले बुधबार जनाए अनुसार लुटेराहरूले मङ्गलबार यस क्षेत्रको टुबोरो इलाकामा करिब २० व्यक्तिलाई आक्रमण गरी अपहरण गरेको जानकारीमा आएको छ। 

त्यसको  ४८ घण्टापछि सोही इलाकाबाट ३० जनालाई अपहरण गरेको सुरक्षा स्रोतले बताएको छ। मङ्गलबार राति यस क्षेत्रका सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारी अनुसार बन्धकहरूको  खोजी भइरहेको छ।

सन् २०२१  देखि क्यामरूनको उत्तरी क्षेत्र हतियारधारी डाकुहरूको निरन्तर हिंसात्मक अपहरण र आक्रमणको केन्द्रमा रहेको छ।  -सिन्ह्वा

प्रकाशित: Oct 25, 2023| 21:32 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्