शुक्रबार, जेठ २२, २०८३

दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै जमुनाहा नाका बन्द

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

खजुरा- दुर्गा मुर्ति विसर्जनलाई ध्यानमा राख्दै आज नेपाल भारत सीमा नाका बन्द गरिएको छ। 

National life

हिन्दूहरुको महान् चाड दसैँको अवसरमा विजयदशमीदेखि स्थापना गरिएका दुर्गा मूर्तिहरू धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिन जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

उनले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा आज राति ८ बजेसम्मका (मूर्ति विसर्जनको कार्य नसकिएसम्म) लागि उक्त नाका बन्द गरिएको बताए। प्रजिअ पोखरेलका अनुसार एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायत ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरुबाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

नेपालगञ्जका सडकहरूमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य धुमधामसँग भइरहेको छ। नेपालगञ्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्र्याक्टरहरुसहितको धार्मिक  र्‍याली भइरहेको निस्किएको छ।

मूर्ति विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा व्यवस्था मिलाइएको बाँकेका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहराले बताए। 

Shivam cement

प्रकाशित: Oct 25, 2023| 22:02 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्