सोमबार, असार २, २०८२

स्कुटर दुर्घटनामा पत्नीको मृत्यु, पति घाइते

 |  बिहीबार, कात्तिक ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

vianetvianet

काठमाडौँ कुलेखानी हेटौँडा सडक खण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार  दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको छ। उनकी पत्नी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७:३० बजे मृत्यु भएको थियो।

उनका अनुसार काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
 

प्रकाशित: Oct 26, 2023| 06:59 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्