शुक्रबार, जेठ २२, २०८३

पत्रकार सीता शर्माको निधन

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०
National life
Shivam cement

काठमाडौं- पत्रकार सीता शर्माको निधन भएको छ। शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माले १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी)मा छोरीलाई जन्म दिएकी थिइन्।

'प्रेसर लो' सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो। अवस्था सामान्य भएको ८ दिनपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका-१ परासीस्थित घरमा लगिएको थियो। 

मंगलबार दिउँसो स्वास प्रस्वाससँगै मुटु दुख्न थालेपछि परासीस्थित जिल्ला अस्पतालबाट थप उपचारका लागि बुटवल मुटु अस्पताल पुर्‍याइएकी शर्माको अस्पतालमै निधन भएको हो।

प्रकाशित: Oct 25, 2023| 17:50 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्