शुक्रबार, जेठ २२, २०८३

अज्ञात समूहद्वारा गाउँपालिकाको एक्साभेटर तोडफोड

 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

बैतडी- अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन्। डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

National life

उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको छ। ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ।

तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।  साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, तोडफोडमा संलग्नलाई यथाशीघ्र पत्ता लगाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए।

प्रकाशित: Oct 25, 2023| 20:46 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्