देशका भिन्नाभिन्नै स्थानमा १० जनाको शव फेला परेको छ। सर्लाहीको बलरा नगरपालिका-८ बलुवाभारस्थित पोखरीमा पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत फेला परेकी छन्।
विभागले वैदेशिक रोजगारका लागि मलेसियासहित विभिन्न खाडी मुलुक जाने कामदारबाट विज्ञापनमा उल्लिखित सर्त विपरीत रकम असुलिएको देखिएकाले कारबाहीको चेतावनी दिएको हो।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ।
महोत्तरीमा श्रीमान्को कुटपिटबाट एक महिलाको ज्यान गएको छ। जिल्लाको पिपरा गाउँपालिका-५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाइबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ
कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौं र घरमै बसौं भनी फर्किएका श्यामका दम्पत्ति...
विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ।
काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजा पुगेकी एक युवतीको शंकास्पद मृत्यु भएको छ। प्रहरीका अनुसार चाबहिल घर भएकी ती युवतीको शंकास्पद मृत्यु भएको हो।