मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य मापदण्ड परीक्षण कार्यान्वयन गर्न मन्त्रालयको निर्देशन

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य मापदण्ड परीक्षण कार्यान्वयन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य परीक्षण शुल्कमा गुणस्तरीयता कायम गर्न मन्त्रालयले पत्राचार गरेको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई स्वास्थ्य परीक्षण मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको छ। 

National life

स्वास्थ्य परीक्षण शुल्कमा गुणस्तरीयता कायम गर्न मन्त्रालयले पत्राचार गरेको हो। 

रगत परीक्षण पूर्णस्वचालित प्रणालीमा आधारित हुने गरी (कम्तीमा २०० टेस्ट प्रतिघन्टा क्षमता भएको) उपकरणबाट गर्नुपर्ने मन्त्रालयको पत्रमा उल्लेख छ। 

पहिलो चरणमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था र साउदी, बहराइन, ओमान जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने (गाम्का नेपाल)मा आबद्ध स्वास्थ्य संस्थाले मापदण्ड लागू गर्नुपर्ने मन्त्रालयले बताएको छ। 

त्यसपछि क्रमशः अन्य स्वास्थ्य संस्थामा कार्यान्वयन गरिने मन्त्रालयले उल्लेख गरेको छ। 

३५ दिनभित्र विशेषज्ञ समितिबाट अनुगमन हुने मन्त्रालयले जनाएको छ। कार्यान्वयन नभएको पाइए कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले बताएको छ।


प्रकाशित: Oct 14, 2022| 12:44 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।